भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काठमाडौं, २९ चैत । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबाट फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरिएको छ। उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ। प्रसाईँका समर्थकहरू काँकडभिट्टा नाकामा भेला भएर अवरोध गर्न सक्ने आकलनका आधारमा प्रहरीले नाका परिवर्तन गरेको हो । 

चैत १५ मा प्रसाईँको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले तीनकुनेमा प्रदर्शन गरेको थियो। पूर्वराजाको पक्षमा आयोजित उक्त प्रदर्शनमा नवराज सुवेदीको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो। सुवेदीलाई गौरीघाटस्थित उनकै घरमा नजरबन्द गरिएको छ।

प्रदर्शनपछि फरार भएका प्रसाईँ भारत पुगेका थिए। त्यहाँबाट उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो सन्देश जारी गर्दै आफू नेपालमै रहेको र ‘जोगिएर’ बसेको दाबी गरेका थिए। तर, प्रहरी स्रोतका अनुसार उनी आसाममा एक स्थानीय नेताको घरमा लुकेर बसेका थिए।

प्रहरीले प्रसाईँविरुद्ध राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ।