भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मुख्य बुँदा 

रसुवामा ४३६ थान अवैध भेप बरामद

कन्टेनर चालक रवीन्द्र श्रेष्ठ पक्राउ

क्याबिनमा लुकाएर ओसारपसार गरिएको खुलासा

बरामद सामग्रीको मूल्य करिब ३५.९० लाख

भन्सार कार्यालय टिमुरेमा बुझाइ अनुसन्धान जारी

रसुवा, २१ बैशाख । रसुवाको धुन्चेमा प्रहरीले ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद गर्दै एक जना कन्टेनर चालकलाई पक्राउ गरेको छ। टिमुरेबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर नियमित जाँच गर्ने क्रममा प्रहरीले लुकाएर ल्याइएको ४३६ थान भेप फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले कन्टेनर रोकेर खानतलासी गर्दा भन्सार पास भई सिल लगाइएको कन्टेनरको अगाडिको क्याबिन भागमा ‘ELFBAR (30K puffs)’ लेखिएका भेप लुकाइएको अवस्थामा भेटिएको हो।

अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा आमाछोदिङमो गाउँपालिका–५ का ३४ वर्षीय चालक रवीन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।बरामद गरिएको ४३६ थान भेप र कन्टेनर गाडीको अनुमानित बजार मूल्य करिब ३५ लाख ९० हजार रुपैयाँ रहेको छ।

पक्राउ परेका श्रेष्ठलाई बरामद सामान र सवारी साधनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ।

बैतडी, २९ चैत्र । बैतडीमा सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ । पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायक क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका सामानसहित बोलेरो पिकअप र ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामानको कुल मूल्य रु २१ लाख ८ हजार ८१० रहेको छ । सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका अनुसार आज बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा खटिएको टोलीले उक्त सामान फेला पारेको हो । टोली सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा परिचालन गरिएको थियो ।

बरामद गरिएको सामानमा २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिश्री तथा अन्य किराना सामग्री रहेका छन् । प्रहरीले सुपप्र ०१–००१ च २७८९ नम्बरको बोलेरो पिकअप र सुपप्र ०१–००२ त ५०९० नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । घटनामा संलग्न व्यक्तिहरू भने प्रहरी टोली देख्नासाथ फरार भएको जनाइएको छ ।

बरामद सामान तथा सवारीसाधनलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको छ ।