भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौँ, ११ असार । गर्मी र बर्खा एकैपटक सुरु भएसँगै देशभर सरुवा रोगको सङ्क्रमण तीव्र रुपमा बढ्न थालेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने क्रम बढेको छ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्रै अहिले दैनिक औसतमा ७ जना सरुवा रोगका बिरामी आकस्मिक कक्षमा उपचारका लागि पुग्ने गरेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, काठमाडौँ उपत्यका र उपत्यका बाहिरका जिल्लाहरूमा विशेषगरी झाडापखालाका बिरामी बढी देखिएका छन्। हालसम्मका तथ्याङ्कअनुसार: काठमाडौँमा १९७ जना, ललितपुरमा ६० जना, भक्तपुरमा ५५ जना, काभ्रेमा ३७ जना, पर्सामा ४९ जना, झाडापखालाबाट प्रभावित भएका छन्।

त्यस्तै हैजाका लक्षण भएका बिरामी भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुर र खोटाङमा २–२ जना रहेका छन्। विशेषज्ञहरूका अनुसार बर्खाको समय, उच्च तापक्रम र अस्वस्थ खानपान प्रमुख कारण हुन् जसले यस्ता सरुवा रोगको जोखिम बढाएको छ।

स्वास्थ्य विशेषज्ञहरूले व्यक्तिगत सरसफाइ, शुद्ध खानेपानीको प्रयोग, बासी तथा खुला स्थानको खाना नखान, भीडभाडमा नजान र साफा उमालेको पानी, ताजा खानेकुरा खान सल्लाह दिएका छन्। साथै कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थाको सहयोग लिनु पर्ने सुझाव दिइएको छ।