भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

एजेन्सी, २२ साउन। अमेरिकी वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ ब्याक्टेरियोफेज भाइरस विकास गरेका छन्। यस उपलब्धिलाई जीवविज्ञान र जैविक इन्जिनियरिङ क्षेत्रमा महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।

बीबीसीका अनुसार स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एआईको सहयोगमा १६ वटा नयाँ ब्याक्टेरियोफेज भाइरस तयार गरेका हुन्। यी भाइरसले ‘ईकोलाई’ (E. coli) जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको अनुसन्धान टोलीले जनाएको छ।

अनुसन्धानकर्ताका अनुसार एआई प्रणालीलाई भाइरस, ब्याक्टेरिया, वनस्पति तथा मानवको आनुवंशिक जानकारीका आधारमा प्रशिक्षण दिइएको थियो। त्यसपछि कम्प्युटरले डिजाइन गरेका भाइरसहरू प्रयोगशालामा तयार गरी परीक्षण गर्दा सबै १६ वटा भाइरसले लक्षित ब्याक्टेरियालाई सफलतापूर्वक नष्ट गर्न सके।

वैज्ञानिकहरूका अनुसार यो उपलब्धिले भविष्यमा एन्टिबायोटिकले असर नगर्ने ब्याक्टेरियाविरुद्ध नयाँ उपचार विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। विशेषगरी फेज थेरापी (ब्याक्टेरियालाई नष्ट गर्न भाइरस प्रयोग गर्ने उपचार विधि) को विकासमा यो प्रविधि उपयोगी हुने अपेक्षा गरिएको छ।

यद्यपि, यस उपलब्धिसँगै जैविक सुरक्षा र सम्भावित दुरुपयोगका विषयमा चिन्ता पनि व्यक्त गरिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका विज्ञहरूले एआईमार्फत नयाँ भाइरस डिजाइन गर्ने क्षमताले जैविक सुरक्षा सम्बन्धी नयाँ चुनौती र जोखिमबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।

यस विषयमा अनुसन्धानकर्ताहरूले भने अध्ययन पूर्ण रूपमा सुरक्षित वातावरणमा गरिएको र मानिस वा अन्य जटिल जीवलाई संक्रमित गर्ने भाइरस प्रयोग नगरिएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार अनुसन्धान केवल ब्याक्टेरियालाई संक्रमित गर्ने सुरक्षित ब्याक्टेरियोफेज भाइरसमा सीमित रहेको छ।

विज्ञहरूले यस उपलब्धिलाई जीवविज्ञानको इतिहासमा महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै कम्प्युटरको सहयोगमा नयाँ जैविक प्रणाली डिजाइन गर्ने सम्भावना अझ विस्तार भएको बताएका छन्। यसबाट भविष्यमा नयाँ औषधि, जीन उपचार तथा क्यान्सरविरुद्धका उपचार विकासमा समेत नयाँ अवसर सिर्जना हुन सक्ने विश्वास गरिएको छ।

जेनेभा, १९ असार । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा फैलिरहेको घातक इबोला भाइरसको ‘बुन्डिबुग्यो’ स्ट्रेन विरुद्ध सम्भावित उपचारको क्लिनिकल परीक्षण सुरु गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार पहिलो बिरामीलाई परीक्षणमा समावेश गर्दै नयाँ उपचार विधिको औपचारिक परीक्षण अघि बढाइएको हो।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले जेनेभामा पत्रकार सम्मेलन गर्दै दुईवटा उपचारात्मक विधिको क्लिनिकल परीक्षण सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म यस भाइरस स्ट्रेनका लागि कुनै पनि स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन।

डब्लुएचओको आर्थिक सहयोगमा सञ्चालन भइरहेको यो अध्ययन कङ्गोको इन्स्टिच्युट नेसनल डे रेचेर्चे बायोमेडिकल, बेल्जियमको इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन तथा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको समन्वयमा भइरहेको छ।

डब्लुएचओका अनुसार कङ्गोमा हालसम्म १ हजार ४०६ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने ४३८ जनाको मृत्यु भइसकेको छ। थप ३०१ जना शङ्कास्पद बिरामी निगरानीमा रहेका छन्।

यस्तै, गत मे महिनादेखि कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई डब्लुएचओले जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरिसकेको छ। जुलाई १ सम्म युगान्डामा २० जनामा सङ्क्रमण पुष्टि हुँदा दुई जनाको मृत्यु भएको छ भने फ्रान्समा पनि एक जना सङ्क्रमित फेला परेको छ।

इबोला अत्यन्त सङ्क्रामक भाइरल रोग हो। यो भाइरसले शरीरको प्रतिरक्षा प्रणाली र विभिन्न अङ्गमा गम्भीर असर पार्छ। सामान्यतया चमेरो (फ्रुट ब्याट) लगायतका जनावरमा पाइने यो भाइरस सङ्क्रमित जनावरको सम्पर्कबाट मानिसमा सर्न सक्छ। सङ्क्रमित व्यक्तिमा लक्षण देखिएपछि मात्र यो रोग अन्य व्यक्तिमा सर्ने जोखिम रहन्छ।

यस रोगको लक्षण देखिन २ देखि २१ दिनसम्म लाग्न सक्छ। सुरुमा अचानक ज्वरो आउने, टाउको दुख्ने, अत्यधिक थकान हुने, मांसपेशी दुख्ने जस्ता फ्लु वा मलेरियासँग मिल्दोजुल्दो लक्षण देखिन्छन्। वैज्ञानिकहरूका अनुसार इबोलाका ६ वटा प्रजातिमध्ये तीनवटाले मात्र महामारी फैलाउने गरेका छन् र प्रत्येक प्रजातिका लागि छुट्टाछुट्टै खोप तथा उपचारको विकास आवश्यक हुन्छ।

मुख्य बुँदा

चीनको गुवाङदोङ प्रान्तमा जुलाईदेखि चिकनगुनिया भाइरसका सात हजारभन्दा बढी सङ्क्रमित,

लामखुट्टेको टोखाइबाट फैलिने भाइरसले ज्वरो र जोर्नी दुखाउने,

कोभिड–१९ जस्तै कडाइका रोकथामका उपायहरू लागू गरिए,

सबैभन्दा प्रभावित फोशान शहरमा संक्रमितलाई झुलमा राखी सुरक्षाको व्यवस्था,

संक्रमितलाई परीक्षण नेगेटिभ भएपछि वा एक हप्तापछि डिस्चार्ज गर्ने,

गुवाङदोङका १३ भन्दा बढी शहरमा भाइरस फैलिएको,

हङकङमा पनि हालै एक बालकमा सङ्क्रमण पुष्टि,

चीन, २१ साउन । चीनको गुवाङदोङ प्रान्तमा लामखुट्टेबाट सर्ने चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ। गत जुलाईदेखि फैलिएको यो भाइरसले धेरै जनालाई संक्रमित बनाएको छ।

स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा जस्तै कडाइका उपायहरू अपनाउँदै संक्रमितको वृद्धि रोक्न प्रयास गरिरहेको छ।सबैभन्दा बढी प्रभावित फोशान शहरमा अस्पतालले संक्रमितलाई लामखुट्टेको टोखाइबाट बचाउन झुल प्रयोग गरिरहेको छ।अस्पतालमा भर्ना भएकालाई परीक्षण नेगेटिभ आएपछि वा एक हप्तापछि डिस्चार्ज गर्ने व्यवस्था छ।

चिकनगुनिया भाइरसले सामान्यतया उच्च ज्वरो र गम्भीर जोर्नी दुखाइ उत्पन्न गर्छ र कहिलेकाहीँ वर्षौंसम्म पनि समस्याहरू रहन सक्छन्।

गुवाङदोङ प्रान्तका कम्तीमा १३ शहरमा सङ्क्रमण देखिएको छ भने हङकङमा पनि हालै एक बालकमा यो भाइरस पुष्टि भएको छ। चिकनगुनिया दक्षिण र दक्षिणपूर्वी एशिया तथा अफ्रिकाका केही क्षेत्रमा सामान्य प्रकोप भएको पाइन्छ।