भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदागत सारांश :

चितवन, ३२ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ स्थित सिमलतालमा भारतबाट मेवा बोकेर आउँदै गरेको एक भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन्। दुर्घटना मंगलबार राति करिब १०:३० बजे भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, लखनउ (भारत) बाट काठमाडौंतर्फ मेवा बोकेर आउँदै गरेको यूपी ३२ जेटएन ७८८३ नम्बरको आइचर मिनी ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो।

दुर्घटनामा ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी भरतपुर अस्पतालमा भर्ना गरिएको छ। अस्पतालले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार, प्रारम्भिक अनुसन्धानमा सडकबाट गाडीको नियन्त्रण गुमेपछि दुर्घटना भएको अनुमान गरिएको छ। ट्रकमा रहेको मेवा र गाडी दुवैमा क्षति पुगेको छ।