भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो।

प्रहरीका अनुसार, बिष्ट रैनादेवि छहरा घर भइ हाल बुटवल ११ बुद्धनगरमा बसोबास गर्दै आएकी हुन्। उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले घटनाको बारेमा जानकारी दिनुभएको छ। उहाँका अनुसार, केही दिनअघि बिष्टको भारतीय युवकसँग विवाद भएको कुरा स्थानियवासीहरूबाट आएको छ, र त्यस कारण गोली प्रहार भएको आशंका गरिएको छ।

प्रहरी घटनाको अनुसन्धानमा जुटेको जनाएको छ।