भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एजेन्सी, २१ कार्तिक।  भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको पहिलो चरणको मतदान सम्पन्न भएको छ।भारतीय निर्वाचन आयोगका अनुसार विहारका १८ जिल्लामा पर्ने १२१ विधानसभा क्षेत्रमा मतदान सम्पन्न भएको हो।

बीबीसी हिन्दीका अनुसार यस चरणमा करिब तीन करोड ७५ लाखभन्दा बढी मतदाताले मतदान गरेका छन्। बिहार निर्वाचन आयोगले दिएको विवरणअनुसार राति सवा आठ बजेसम्मको अवस्थाअनुसार कुल ६४.६६ प्रतिशत मतदान भएको छ।

यो अघिल्ला विधानसभा चुनावहरूको तुलनामा सबैभन्दा बढी मतदाताको सहभागिता भएको जनाइएको छ। केही साना विवादका घटना बाहेक अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको खबरमा उल्लेख गरिएको छ।