भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काठमाडौँ, २७ चैत । कोशी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन आज बुधबार हुँदैछ। प्रदेशको विकास र पर्यटन प्रवर्द्वनका लागि एक वर्षसम्म मनाइने यो कार्यक्रम तीनजुरे मिल्के क्षेत्रबाट सुरु गरिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा उनी नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गर्नेछन् । पर्यटन वर्षका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।

कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकका लागि सहजता प्रदान गर्न नाकाहरूमा पर्यटकीय बस र सवारी साधनमा स्टिकर लगाउने तयारी गरेको छ। स्टिकर लगाइएका सवारी साधनमा आगमन र प्रस्थानको मिति उल्लेख गरिनेछ, जसले गर्दा बाटोमा जाँच गर्नुपर्ने झन्झट नहुने बताइएको छ।