भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नयाँदिल्ली, १८ जेठ । भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले पाकिस्तानले भारतीय फाइटर जेट खसालेको कुरा स्वीकार गरेका छन् ।

मे महिनाको सुरुवातमा भारत–पाकिस्तानबीच बढेको तनावको बेला पाकिस्तानले भारतका ६ वटा लडाकु विमान खसालेको दाबी गरेको थियो, जसलाई भारतले तत्काल अस्वीकार गरेको थियो । तर, शनिबार सिंगापुरमा जारी एसियाली रक्षासम्बन्धी फोरममा सहभागी भएका चौहानले ब्लुमबर्गसँगको कुराकानीमा ‘फाइटर जेट खसेको’ स्वीकार गर्दै संख्याबारे अझै छानबिन बाँकी रहेको बताए ।


उनका अनुसार प्रारम्भिक हमलामा गल्ती भएको स्वीकार गर्दै त्यसको दुई दिनपछि भारतले सफल जवाफी कारवाही गरेको पनि खुलासा गरे । पाकिस्तानले भारतका पाँच फाइटर जेट खसालेको दाबी गर्दै तीन वटा फ्रान्समा निर्मित रफायल विमानलाई चीनमा बनेको लडाकु विमान प्रयोग गरी निस्तेज पारेको बताएको थियो ।

घटनाले भारत–पाकिस्तानबीचको रक्षा रणनीति र हवाई क्षमताको बहसलाई थप चर्काएको छ ।