भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

नयाँ दिल्ली । भारतले आउँदो आर्थिक वर्ष २०२६/२७ का लागि पूँजीगत खर्च ८ दशमलव ८ प्रतिशतले बढाएर १ सय २२ खर्ब भारतीय रुपैयाँ पुर्‍याएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा बजेट प्रस्तुत गर्दै पूँजीगत खर्चलाई कीर्तिमानी स्तरमा पुर्‍याइएको जानकारी दिनुभएको हो ।

चालू आर्थिक वर्ष २०२५/२६ मा भारतको पूँजीगत खर्च १ सय १२ खर्ब भारु रहेको छ । सरकारले आर्थिक वृद्धि तीव्र बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कोभिड–१९ महामारीपछि पूर्वाधार क्षेत्रमा खर्च उल्लेखनीय रूपमा बढाउँदै आएको छ ।

विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ७ दशमलव ४ प्रतिशत रहने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सीतारमणले सरकारले औद्योगिक विकासलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

उहाँले गएको वर्षको अगस्ट १५ यता सरकारले ३ सय ५० वटा आर्थिक सुधार गरेको जानकारी दिनुभयो । आउँदो आर्थिक वर्षमा बायोफार्म क्षेत्रमा १० हजार करोड भारु लगानी गर्ने प्रस्ताव रहेको उहाँको भनाइ छ ।

यस्तै, कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार गर्ने, यातायात सञ्जालमा आमूल परिवर्तन ल्याउन तीव्र गतिको ७ वटा नयाँ रेल करिडोर निर्माण गर्ने तथा खनिजजन्य उद्योगको विकासका लागि ‘रेअर अर्थ’ अर्थात् दुर्लभ खनिज करिडोर निर्माण गर्ने योजना बजेटमा समावेश गरिएको छ ।

अर्थमन्त्री सीतारमणले लगातार नवौँ पटक संसद्मा बजेट प्रस्तुत गर्नुभएको हो । भारतीय इतिहासमा पहिलो पटक आइतवारका दिन बजेट प्रस्तुत गरिएको छ ।