भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदा

लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभरका मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन् ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर र चालीसे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

परेवाभिर र ज्वाङखोलामा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक बाढीका कारण पूर्ण रूपमा बन्द छ ।

नुवाकोटका केही सडकखण्डमा बाढी पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

रोल्पाको सहिद राजमार्ग तथा कर्णालीका मुगु, कालिकोट, सुर्खेत र सल्यानका सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छन् ।

केही सडकमा जोखि

काठमाडौं, २२ भदौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडक सञ्जाल प्रभावित भएको छ । बाढी तथा पहिरोले मुख्य राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।

नेपाल प्रहरीले सोमबार बिहानसम्मको सडक अवस्थाबारे अद्यावधिक गर्दै काठमाडौं उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड प्रभावित भएको जनाएको छ । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

बागमती प्रदेशअन्तर्गत धादिङको पृथ्वी राजमार्गमा बाढी तथा पहिरोले यातायातमा ठूलो समस्या सिर्जना गरेको छ । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र गजुरी गाउँपालिका–२ स्थित चालीसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । गजुरी गाउँपालिकाकै परेवाभिर र बेनीघाट रोराङ गाउँपालिकाको ज्वाङखोलामा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो खसेपछि काठमाडौं–धादिङ सडकखण्ड पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ ।यसैगरी काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समय तथा तौलसम्बन्धी व्यवस्था गरिएको छ ।

१० टनसम्मका मालवाहक सवारीसाधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ । अन्य सवारीसाधनलाई भने सडकको अवस्था हेरेर बिहान ४ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्डको अवरोध खुलाउन लामो समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।

रसुवाकै मुख्य राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा ठप्प रहेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावतीस्थित सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि पहिरोका कारण सडक यातायात प्रभावित भएको छ । लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–३ भालखोरमा पहिरो खसेपछि सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कर्णाली प्रदेशमा पनि विभिन्न मुख्य सडकखण्ड ठप्प भएका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला तथा खाँडाचक्र नगरपालिका–७ र ८ स्थित रातो पहाडमा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्ग र सल्यानको कपुरकोट गाउँपालिका–४ आरीडंगाले फेदीमा पहिरो खसेपछि राप्ती राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण थप बाढी तथा पहिरो आउन सक्ने जोखिम रहेकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा सूचनाको पालना गर्न आग्रह गरेको छ ।

काठमाडौं, २२ भदौ । देशका धेरै स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो रातिको तुलनामा धेरै स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

राति देशभर सामान्यतया बदली रहने विभागले जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

काठमाडौं, १९ भदौ । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ । राति पनि देशभर साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको विभागले जनाएको छ । वर्षाका कारण पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।

काठमाडौं, १४ भदौ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा आज धेरै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा ठूलो वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै ठाउँमा तथा मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने बताइएको छ ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने र सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

विशेषगरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशनमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं, १२ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज ६ वटा प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ । यसको प्रभावले अहिले हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली र तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कहाँ–कहाँ वर्षा हुन्छ ?

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुनसक्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भूभागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मुख्य बुँदा

रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोकमा बुधबार राति मध्यमदेखि भारी वर्षाको सम्भावना।

एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा विशेष सावधानी अपनाउन आग्रह।

काठमाडौँ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा बुधबार राति पुनः वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ सूचना जारी गर्दै ती जिल्लाका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा आज राति धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।यस्तै, एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। पछिल्लो समय यी जिल्लाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पुनः वर्षाको सम्भावना देखिएपछि जोखिम थप बढ्न सक्ने भएको छ।

महाशाखाले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाण्डौ, ७ भदाै । गएराति देशका विभिन्न ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा धनुषामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौं, ४ भदाै । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली भएको छ भने विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।