भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

काठमाडौँ, १२ असार । काठमाडौँको टोखास्थित विष्णुमती खोलामा आएको बाढीले बगाएको कारभित्र रहेकी एक महिला सकुशल उद्धार भएकी छिन्।

बुधबार राति करिब १० बजेतिर टोखाको ग्राण्डी अस्पताल नजिकबाट खोलाले बगाएको बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कारमा ३४ वर्षीया भावना ओली सवार थिइन्।

दाङ, तुलसीपुर घर भई हाल टोखा बस्दै आएकी ओलीलाई नेपाल प्रहरी र स्थानीयवासीले बानियाटार पुल नजिकबाट सकुशल उद्धार गरेका हुन्। प्रहरीका अनुसार कारका चालक तत्काल गाडीबाट हाम फालेर निस्कन सफल भए पनि भावना ओली भने गाडीभित्रै थिइन्।

विष्णुमतीको तिब्र बहावमा कार बगिरहेको देखेपछि उद्धार टोलीले गाडी पछ्याउँदै गएर अन्ततः उनलाई सुरक्षित रुपमा बाहिर निकाल्यो। उद्धारपछि भावना ओलीको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। खोलामा बगेको कारलाई क्रेनको सहायताले बाहिर निकालिएको छ।

यस घटनाले राजधानी क्षेत्रमा निरन्तर वर्षाका कारण खोलानालामा आउने आकस्मिक बाढीबाट सतर्क रहनुपर्ने आवश्यकता झल्काएको छ।