भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौँ, २१ कार्तिक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन्। विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेको जनाएका छन्।

स्थानीयका अनुसार आफ्ना माग पूरा नभएसम्म मेलम्ची नदीबाट सुन्दरीजलसम्मको पानी पथान्तरण रोकिनेछ। मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा पुग्ने पानीको परिमाणका आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेवापतको मूल्यको २५ प्रतिशत हिस्सा हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ।

त्यसैगरी, बाढी प्रभावितलाई आवश्यक राहत वितरण गर्न र मेलम्ची खानेपानी आयोजनाका बोर्ड सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग पनि स्थानीयले राखेका छन्।