भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

काठमाडौँ, २१ जेठ । नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ। गर्मी बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज राति कोशी र मधेस प्रदेशका साथै देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

काठमाडौं, ५ जेठ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा तथा चट्याङको सम्भावना देखिएको छ।

हाल कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य हिमाली र पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने सम्भावना छ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा अन्य पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन रहने सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेससहित अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं, २७ बैशाख । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा तराईसहित अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मौसमविद्ले चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

काठमाण्डौ, २४ बैशाख । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । प्रदेश सरकारले २०८१ सालदेखि प्रत्येक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार दिवस मनाउने व्यवस्था गरिएको हो ।

उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । ऐनअनुसार नेपाली भाषासँगै तामाङ र नेपाल भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरिएको छ ।

दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश भाषा दिवसको अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिएको जनाएको छ ।

प्रदेश सरकारले भाषा संरक्षण, प्रवर्द्धन तथा बहुभाषिक पहिचानलाई संस्थागत गर्ने उद्देश्यले दिवस मनाउँदै आएको जनाएको छ ।

काठमाडौँ, २६ चैत्र । नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा अहिले साधारणतया बादल लागेको छ।

विशेषगरी कोशी प्रदेश का केही स्थानहरूमा तथा मधेश प्रदेशबागमती प्रदेश का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा गराउने मौसमी प्रणाली अहिले क्रमशः पूर्वी दिशातर्फ सर्ने क्रममा रहेको छ।

महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल विशेषगरी इलाम जिल्ला, पाँचथर जिल्ला, तेह्रथुम जिल्लाताप्लेजुङ जिल्ला लगायतका पूर्वी भू–भागतर्फ अघि बढिरहेको छ। ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

पहाडी भू–भागमा वर्षासँगै चट्याङको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाइएको छ।

काठमाडौँ, १७ चैत्र । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल रहनेछ। कोशी प्रदेश लगायत देशका केही स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको संभावना रहेको छ।

आज राति कोशी प्रदेशसहित हिमाली भूभागमा साधारणतया बादल रहनेछ। पहाडी भूभागमा आंशिक बादल, तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको संभावना रहेको छ।

काठमाडौँ, ११ फागुन । आज देशका केही प्रदेशमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको मौसमविद्ले बताएका छन्।

आज काठमाडौँ उपत्यकामा आंशिक बदली रहने सम्भावना रहे पनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।

मुख्य बुँदा

१० वर्षमा बागमतीमा १,०३८ जनाको मृत्यु

१८१ बेपत्ता, २,३११ घाइते

६ अर्ब ९५ करोडभन्दा बढी आर्थिक क्षति

६,८३९ विपद्का घटना, १६ हजारभन्दा बढी परिवार प्रभावित

आगलागी धेरै, तर पहिरो सबैभन्दा घातक

काठमाडौंमा धेरै घटना, चितवनमा धेरै मृत्यु

४,७२७ घर पूर्ण क्षति, ५,८९६ आंशिक क्षति

विपद् व्यवस्थापनमा बजेट, जनशक्ति र पूर्वतयारी अभाव

सरकार ‘प्रतिक्रियात्मक’ प्रणालीमै सीमित

काठमाडौँ, ९ फागुन । बागमती प्रदेशमा पछिल्लो १० वर्षमा विभिन्न विपद्का घटनाबाट १ हजार ३८ जनाले ज्यान गुमाएका छन् भने ६ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०७२ देखि २०८२ असार मसान्तसम्म १३ जिल्लामा भएका ६ हजार ८३९ विपद्का घटनामा १,०३८ जनाको मृत्यु, १८१ जना बेपत्ता र २,३११ जना घाइते भएका छन् । यस अवधिमा १६ हजार ६५३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

विपद्का कारण ४ हजार ७२७ घर पूर्ण रूपमा नष्ट भएका छन् भने ५ हजार ८९६ घरमा आंशिक क्षति पुगेको छ । कुल आर्थिक क्षति ६ अर्ब ९५ करोड ४१ लाख रुपैयाँभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । तथ्याङ्कअनुसार सबैभन्दा धेरै विपद्का घटना काठमाडौं जिल्लामा (१,७७८) भएका छन् ।

मानवीय क्षतिका हिसाबले चितवनमा सबैभन्दा बढी १४९ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा ११६ जनाको ज्यान गएको छ । बेपत्ता हुने संख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै (६५ जना) रहेको छ । अन्य जिल्लामा काभ्रेमा ११९, काठमाडौंमा ११३, मकवानपुरमा ११२, धादिङमा ९०, ललितपुरमा ७८, सिन्धुलीमा ६८, रसुवामा ५३, दोलखामा ४४, रामेछापमा ४१, नुवाकोटमा ३६ र भक्तपुरमा १९ जनाको मृत्यु भएको छ ।

घटनाको प्रकृतिअनुसार आगलागीका घटना सबैभन्दा धेरै (४,०२३) भए पनि पहिरो सबैभन्दा घातक देखिएको छ । ९२८ पहिरोका घटनामा ४६७ जनाको मृत्यु र १०७ जना बेपत्ता भएका छन् । बाढीका ३४१ घटनामा १०० जनाको मृत्यु भएको छ भने चट्याङबाट ११४ र जनावर आतंकबाट ७३ जनाको ज्यान गएको छ ।

घाइतेमध्ये काठमाडौंमा सबैभन्दा धेरै ४४७ जना र रामेछापमा सबैभन्दा कम ६६ जना रहेका छन् । मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । मनसुनजन्य विपद् र आगलागीबाट प्रभावितहरूको निजी आवास पुनर्निर्माणका लागि १६ करोड ५७ लाख रुपैयाँ खर्च गरिएको छ भने स्थानीय तहहरूलाई विपद् न्यूनीकरणका लागि बजेट समेत उपलब्ध गराइएको छ ।

यद्यपि, विपद् व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको मन्त्रालयले स्वीकार गरेको छ । बजेटमा प्राथमिकता नदिनु, पूर्वतयारीको अभाव, दक्ष जनशक्ति कमी, समन्वय कमजोर हुनु र ‘प्रतिक्रियात्मक’ प्रणालीमै सीमित रहनु मुख्य समस्या रहेका छन् ।