भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

काठमाडौँ, ३ फागुन ।  देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले जनाएका छन्। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ।

हिजो काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हुरीबतास, चट्याङ तथा असिनासहित वर्षा भएको थियो। हावाहुरीका कारण केही स्थानमा घरका छाना उड्नुका साथै रुख ढलेका छन् भने असिनाले तरकारीबालीमा क्षति पुगेको छ।

यो सिजनमा बिहान मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

काठमाण्डौ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भूभागका केही स्थानमा आज दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

हाल गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ।

आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

काठमाडौँ। हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

उल्लेखित चार प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो लाग्न सक्ने सम्भावना छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने जनाइएको छ।

मौसममा हुन सक्ने परिवर्तनका कारण विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

काठमाडौँ, २१माघ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण बागमती र गण्डकी प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातसहित वर्षा हुन सक्ने भएकाले चिसो बढ्न सक्ने, दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य तथा हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने देखिएको छ। यस कारण आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ, ११ माघ । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १७ पदका लागि  निर्वाचन सरू भएकाे छ । दिउँसो ३ बजेसम्म हुने निर्वाचन शुरू भएकाे छ । 

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी १७ पदका लागि निर्वाचन भएकाे हाे । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।

बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ। कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, र बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र तोकिएको छ।

यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको आयोगले जनाएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

काठमाण्डौ, ३ माघ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२र८३ को ६ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि पुसमसान्त सम्ममा कूल बजेटको झन्डै १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा २ दशमलव १७ प्रतिशत कम खर्च भएको हो ।

आर्थिक वर्ष २०८१र८२ को ६ महिनाको अवधिमा प्रदेश सरकारले कूल बजेटको १६ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको थियो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत केशव भण्डारीका अनुसार चालू वर्षको ६ महिनाको अवधिमा प्रदेश सरकारले चालूतर्फ २२ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ आठ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा ६ महिना सकिँदा नौ अर्ब ५८ करोड चार लाख ४५ हजार बजेट खर्च भएको छ ।

गएको भदौ २३ र २४ मा भएको नवयुवाको आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन सक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत भण्डारीले बताउनुभयो । रासस

मुख्य बुँदा

बागमती प्रदेशको प्रशासनिक संरचना निर्माण योजना वर्षौंदेखि अलपत्र

२०७६ देखि जग्गा प्राप्ति प्रक्रिया नसकिँदा काम अघि बढ्न सकेन

डिपोचौरमा ३१.०२ हेक्टर जमिनमा संरचना बनाउने योजना

योजना राष्ट्रिय गौरवको आयोजना घोषणा भइसकेको

संघीय मन्त्रिपरिषदको निर्णय कुर्दै प्रदेश सरकार

मकवानपुर, २९ पुष । बागमती प्रदेशको प्रशासनिक भवन निर्माण प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन । २०७६ सालदेखि सुरु भएको जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया नसकिँदा प्रदेशको महत्वपूर्ण पूर्वाधार योजना अलपत्रजस्तै बनेको हो ।

२०७४ मा प्रदेश विभाजनपछि बागमती प्रदेशमा अहिलेसम्म ५ मुख्यमन्त्रीसहित ८० भन्दा बढी मन्त्री फेरिएका छन् । तर प्रदेशको आफ्नै एकीकृत प्रशासनिक संरचना बनाउने योजना भने वर्षेनी बजेट छुट्ट्याइए पनि कार्यान्वयन हुन सकेको छैन ।

मुख्य कारण जग्गा प्राप्ति र वन क्षेत्रसँग सम्बन्धित कानुनी जटिलता रहेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका निजी सचिव भक्तबहादुर भण्डारीका अनुसार जग्गा प्राप्ति र रुख कटानसम्बन्धी प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणका लागि आवश्यक जमिनको भोगाधिकार प्राप्त गर्ने फाइल संघीय वन तथा वातावरण मन्त्रालयमा पुगेको र संघीय मन्त्रिपरिषदबाट स्वीकृत भएपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए ।प्रदेश सरकारले सो क्षेत्रमा रहेका रुख तथा वनको क्षतिपूर्ति र वृक्षारोपणका लागि आवश्यक रकम ‘वन कोष’ मा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

प्रदेश मन्त्रिपरिषदले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनअनुसार आवश्यक रकम सुनिश्चित गरिसकेको जनाइएको छ । यो योजना सुरुमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७५ सालमै अघि सारेका थिए । त्यसपछि मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे र शालिकराम जम्कट्टेलको कार्यकालमा पनि प्रयास भए, तर जग्गा प्राप्तिको प्रक्रिया निष्कर्षमा पुग्न सकेन ।

हेटौँडा–१७ स्थित डिपोचौरमा ३१.०२ हेक्टर जमिनमा प्रशासनिक संरचना बनाउने योजना अनुसार मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकाय, लोकसेवा आयोग, नीति तथा योजना आयोग, बैंक, क्याफेटेरिया र शिशु स्याहार केन्द्रसहित २५ वटा संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाको पालामा २०८१ चैत ६ गते राष्ट्रिय योजना आयोगले यस योजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरेको थियो । तर सो क्षेत्रमा रहेको वन क्षेत्रको क्षतिपूर्ति सुनिश्चित नहुँदा फाइल पटक–पटक रोकिँदै आएको थियो ।

ईआईए अनुसार आयोजनामा २७.५७ हेक्टर वन क्षेत्र र ३.४५ हेक्टर विद्यालय तथा सार्वजनिक जग्गा पर्छ । निर्माणका क्रममा ५ हजार २४४ वटा रुख काटिनुपर्नेछ, जसमा सिसौ र खोटे सल्ला मुख्य छन् । रुख कटानबाट करिब १ हजार ६४३ घनमिटर काठ र १ हजार ६४२ घनमिटर दाउरा उत्पादन हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले आवश्यक सबै प्रतिबद्धता पत्र संघीय मन्त्रालयमा पठाइसकेको बताउँदै अब संघीय मन्त्रिपरिषदको निर्णयपछि मात्रै निर्माण प्रक्रिया अघि बढ्ने जनाएको छ ।

मुख्य बुँदा 

सिन्धुली अस्पतालको विकासमा योगदान पुर्‍याएको भन्दै डा. सुमित्रा गौतम सम्मानित

अस्पताललाई १०० शैयामा विस्तार र सेवा गुणस्तर सुधारमा नेतृत्व

२०७४ मा सिन्धुली अस्पताल र २०७७ मा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

डा. गौतम चिकित्सक समुदायबाट पहिलो प्रदेश स्वास्थ्य सचिव

महिला तथा प्रसूति रोग विशेषज्ञ, एमडी ब्याच गोल्ड मेडलिस्ट

इमान्दारिता, कर्तव्यनिष्ठा र नेतृत्व क्षमताको उच्च प्रशंसा

सिन्धुली, ११ पुष ।  बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पतालको विकास तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको कदर गर्दै स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको छ।

विहीबार सिन्धुली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल परिवार, स्वास्थ्यकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले डा. गौतमले कार्यालय प्रमुखको भूमिकामा रहँदा साना–ठूला सबैलाई आफ्नै परिवारका सदस्यझैँ व्यवहार गर्दै सहकार्य, सुझाव र हौसलासहित काम गर्ने वातावरण सिर्जना गरेको भन्दै सम्मान गिरएकाे हाे ।  

सिन्धुली अस्पतालको पूर्व मेडिकल सुपरिटेन्डेन्टसमेत रहेकी डा. गौतमले आफ्नो कार्यकालमा अस्पताललाई सय शैयामा विस्तार गरिन्। सेवा विस्तार र गुणस्तर सुधारमार्फत उनले २०७४ सालमा सिन्धुली अस्पताललाई बागमती प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन सफल भएकाे बनाइन्।

त्यसपछि भक्तपुर अस्पताललाई पनि २०७७ सालमा प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन उनको नेतृत्व निर्णायक बनेको कार्यक्रममा उल्लेख गरिएको थियाे । 

हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव रहेकी डा. गौतम चिकित्सकबाट पहिलो प्रदेश सचिव हुन्। संघीय मन्त्रालय अन्तर्गत ११औँ तहकी कर्मचारी रहेकी डा. गाैतम महिला तथा प्रसूति रोग विशेषज्ञ हुन् भने एमडी ब्याच गोल्ड मेडलिस्टसमेत हुन्।

कार्यक्रममा अस्पताल परिवारले डा. गौतमको इमान्दारिता, कर्तव्यनिष्ठा र निरन्तर मेहनतको उच्च प्रशंसा गर्दै राज्य र राष्ट्रले उनको योगदानको अझ उच्चसम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । साथै, आगामी कार्यकालमा थप उन्नति, प्रगति र सफलताको कामना गर्दै हार्दिक शुभकामना समेत सिन्धुली अस्पताल परिवारले व्यक्त गरेकाे छ ।