भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

मकवानपुर, १७ भाद्र । बागमती प्रदेश सरकारले आगामी दसैँ–तिहारलगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यका र हेटौंडासहित ५ स्थानमा लाइसेन्स छपाइका लागि मेसिन जडान गर्दैछ।

मन्त्रालयका अनुसार ‘क्यूआर कोड’सहितको लाइसेन्स अब प्रदेशमै छापिनेछ। यसअघि यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको प्रणाली प्रदेशमै ल्याइएपछि सेवाग्राहीलाई सहज सुविधा हुने अपेक्षा गरिएको छ। यातायात विभागका तथ्यांकअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छपाइ बाँकी छ। तीमध्ये बागमती प्रदेशमै १८ लाख छपाइ बाँकी रहेको अनुमान छ।

विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीले अझै लाइसेन्स पाउन सकेका छैनन्।मन्त्रालयले इटालियन कम्पनीको ५ वटा प्रिन्टर खरिद गरेको छ, जसको लागत ५ करोड ४० लाख रुपैयाँ पर्छ। प्रत्येक मेसिनले प्रतिघण्टा १५० लाइसेन्स छाप्नसक्ने र ५ वटा मेसिनबाट प्रतिघण्टा ७५० लाइसेन्स उत्पादन गर्न सकिने जनाइएको छ।

श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार दसैँ–तिहारपछि नागरिकलाई सहज रूपमा लाइसेन्स वितरण सुरु गरिनेछ। “हाम्रो लक्ष्य जनतालाई वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त गर्नु हो,” मन्त्री थापाले भने।

लाइसेन्स छपाइलाई निरन्तरता दिन स्मार्ट कार्ड खरिदका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तत्काल काम सुरु गर्न केही कार्ड कोटेशनमार्फत खरिद गर्ने र पछि टेन्डर प्रक्रियाबाट निरन्तर आपूर्ति गर्ने तयारी मन्त्रालयले गरेको छ।

मुख्य बुँदा

बुढानीलकण्ठ नगर अस्पतालमा स्वास्थ्य सेवा सुधार सम्बन्धी छलफल।

स्वास्थ्य मन्त्री किरण थापाबाट प्रदेश सरकारको पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त।

अस्पतालका सेवा प्रवाह, पूर्वाधार र जनशक्ति चुनौतीमा छलफल।

स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता।

ठोस कार्ययोजना तयार गर्ने आधार निर्माण।

काठमाडौं, १० भाद्र । बुढानीलकण्ठ नगर अस्पतालमा स्वास्थ्य सेवा सुधारसम्बन्धी एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले अस्पताल सुधार र दिगो स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । 

मन्त्री थापाले अस्पतालले भोगिरहेका सेवा प्रवाह, पूर्वाधार अभाव र जनशक्ति कमी जस्ता चुनौतीलाई ध्यानमा राख्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न ठोस कार्ययोजना बनाउने आधार तयार भएको बताउनुभयो। उहाँका अनुसार, प्रदेश सरकारले आवश्यक सहयोग र स्रोत उपलब्ध गराउँदै आगामी योजनाहरू कार्यान्वयनमा ल्याउने बताउनुभयाे । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे । उनीहरूले अस्पताल सञ्चालनका चुनौती, आवश्यक सुधार र आगामी योजना सम्बन्धी सुझावहरू प्रस्तुत गरेका थिए।

छलफलले अस्पतालमा सेवा प्रवाह सुधार, जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास र स्थानीय समुदायको स्वास्थ्य पहुँच विस्तारका लागि आवश्यक रणनीति निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मुख्य बुँदा 

स्वास्थ्यमन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमद्वारा प्रतिष्ठानको अवलोकन

नलेज भिलेज, गौरीटार, हुप्रचौर र अनुसन्धान केन्द्र निरीक्षण

आधारभूत अस्पताल निर्माण सम्पन्न, दक्ष जनशक्ति यहीँबाट उत्पादन हुने विश्वास

सचिव डा. गौतमले शैक्षिक तथा प्रशासनिक प्रगतिप्रति सन्तोष व्यक्त गर्दै मन्त्रालयको प्रतिवद्धता दोहोर्याइन्

छिट्टै नयाँ भवनमा कक्षा सञ्चालनको तयारी

एमबीबीएस ५० सिटका लागि स्वीकृति, अन्य स्नातक कार्यक्रम पहिलेदेखि सञ्चालनमा

यस वर्ष ७ विषयमा एमडी (MD) अध्यापन सुरु हुने

हेटौँडा, ३ भदौ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले मङ्गलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रम र कक्षाहरुको अवलोकन गर्नुभएको छ ।

मन्त्री थापा र सचिव गौतमले नलेज भिलेज, गौरीटार, हुप्रचौरमा सञ्चालन भइरहेका कक्षा तथा अनुसन्धान केन्द्रको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभयो ।

अवलोकनपछि मन्त्री थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै ती अस्पतालमा सेवा विस्तारका लागि दक्ष जनशक्ति यसै प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी सचिव डा. गौतमले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक प्रगतिप्रति सन्तोष व्यक्त गर्दै सरकार र मन्त्रालय दुवै यसलाई थप सक्षम र भरपर्दो स्वास्थ्य शिक्षा केन्द्र बनाउन प्रतिवद्ध रहेको बताउनुभयो । चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस (MBBS) कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ ।

यसअघि नै यहाँ बीएस्सी नर्सिङ (BSc Nursing), मेडिकल ल्याब टेक्नोलोजी (BMLT), पब्लिक हेल्थ (BPH) र ब्याचलर अफ फार्मेसी (B-Pharmacy) जस्ता स्नातक तहका कार्यक्रम सञ्चालनमा थिए । यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजी विषयमा मास्टर तह (MD) अध्यापन सुरु हुने भएको छ ।

अनुगमन कार्यक्रममा मन्त्री थापा र सचिव गौतमसँगै प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साललगायतको सहभागिता थियो ।

काठमाडौं, २ भदौ । हाल नेपालमा मनसुन प्रणाली सामान्यभन्दा केही कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको कारणले वर्षा सक्रियता कम भएको हो ।

यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिनेस्थिति जारी रहेकाले देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविद्‌हरूको अनुमान छ । आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागहरूमा केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै, बाँकी तराई क्षेत्रका थोरै ठाउँमा पनि वर्षा हुन सक्ने देखिएको छ ।

मौसम विभागका अनुसार लुम्बिनी प्रदेशको तराई क्षेत्र र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यात्रा वा बाहिरी काममा निस्कँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

काठमाडौं, १ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर माैसम सामान्य बदली रहने जनाएको छ । बागमती र कोशी प्रदेशका केहि पहाडी भू-भागमा भने दिउँसो भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालको मनसुन केही कमजोर बनेको हो । तर बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी नै छ । आज मधेश, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । अन्य प्रदेशका कतिपय स्थानमा पनि आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली मात्र रहने विभागको अनुमान छ ।

मकवानपुर, ३० साउन । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (३० साउन २०८२) नेपाली कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

यसअघि बानियाँले आफूसहित नौ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए, जसमा कांग्रेसका तीन र सत्ता साझेदार नेकपा एमालेका छ मन्त्री थिए । अब नयाँ मन्त्रीहरू थपिएपछि मन्त्रालयको कार्यविभाजन यसप्रकार छः 

मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन सूची

हेटौँडा, ३० साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको भागमा परेका ५ मन्त्रालयका लागि मन्त्रीहरूको सिफारिस गरेका छन् । कांग्रेसबाट सिफारिस गरिएका नेताहरूको आज साँझ ४ बजे शपथग्रहण हुने जनाइएको छ ।

सिफारिसमा परेका नेताहरूमा कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङ छन् । स्रोतका अनुसार मन्त्रालयको प्रारम्भिक जिम्मेवारी यस्ता छन्:

सुरेश श्रेष्ठ – युवा तथा खेलकुद मन्त्रालय

उर्मिला नेपाल – सामाजिक विकास मन्त्रालय

कञ्चनचन्द्र वादे – आन्तरिक मामिला तथा कानून मन्त्रालय

प्रभात तामाङ – आर्थिक मामिला मन्त्रालय

विनु रायमाझी – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

त्यसैगरी, शिवराज अधिकारी, जो यसअघि विनाविभागीय थिए, अहिलेकाे मन्त्रीमण्डलमा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने चर्चा छ । यद्यपि, मन्त्रालयहरूको जिम्मेवारीमा केही फेरबदल हुन सक्ने बताइएको छ । यसअघि कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्रीमा नियुक्त भइसकेका छन् ।

उता, कांग्रेसकै बहादुर सिंह लामाले सिफारिस गरेका तीन नाम भने मन्त्री सूचीमा नपरेको बुझिएको छ । मुख्यमन्त्री बानियाँले साउन २० गते शपथ लिएपछि साउन २७ गते विश्वासको मत पाएका थिए । एमालेबाट ६ मन्त्री पहिले नै नियुक्त भइसकेका छन् ।

मकवानपुर, २९ साउन । बागमती प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका पाँच सचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवको सरुवासँगै बागमती प्रदेशका पाँच सचिवको पनि स्थानान्तरण गरेको हो ।

संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको थियो। यसअनुसार:

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य गृह मन्त्रालयमा सरुवा भएकी छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा भएका छन्।

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा भएका छन्। यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य चार सहसचिवलाई बागमती प्रदेशका सचिवको रूपमा सरुवा गरेका छन्।

जसमा पार्वती शर्मा (प्रधान कर प्रशासक, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौं), बलराम ढकाल (युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी), इन्द्रदेव भट्ट (मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली) र इश्वरचन्द्र मरहठ्ठा (भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली) रहेका छन्।