भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

काठमाडौँ, १४ असार । तामाङ समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र कला–संंगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको ह्याङ्ला रिमठिम तामान डम्फू संघ नेपालको उद्घाट भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नी लामाले तामाङ भाषाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयाे “तामाङ जुहारी हेर्दा, भाषालाई जगेर्ना गर्दा निकै खुशी लाग्छ।

विदेशी भाषाभन्दा आफ्नै मातृभाषा राम्रो लाग्छ, तामाङहरूले अनिवार्य रूपमा सिक्नुपर्छ। पछिल्लो पुस्तालाई सिकाउनैपर्छ, विदेशसम्म फैलाउनुपर्छ।”

उपप्रमुख लामाले तामाङ जातिका सबैलाई एक ठाउँमा उभिन आह्वान गर्दै सहयोगका लागि आफू सधैं तत्पर रहेको बताउनुभयो।

साथै, उहाँले सरकारको बजेट वितरण प्रणालीप्रति पनि गुनासो व्यक्त गर्दै भन्नुभयो: “मठ–मन्दिरलाई सजिलै बजेट छुट्याइन्छ, तर गुम्बा, छाेर्तेन र तामाङ संस्कृति जगेर्नासँग जोडिएका संरचनालाई बजेट दिइँदैन। प्रदेश प्रमुख हाम्रै समुदायका हुनुहुन्छ, तर हामीलाई नै सहयोग हुँदैन।”

कार्यक्रममा तामाङ दिदीबहिनीहरू र दाजुभाइले प्रस्तुत गरेको जुहारी, डम्फू नृत्य, र सांस्कृतिक गीत–संगीतले उत्सवलाई अझै उल्लासमय बनाएकाे थियाे ।

संघकाे पदाधिकारीहरूले वार्षिकोत्सवको अवसरमा आगामी दिनमा तामाङ समुदायको अधिकार, संस्कृति र पहिचानको सवालमा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।