भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी

दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी

मुख्य बुँदा

राष्ट्रिय सभामा महँगी र मूल्यवृद्धिको विषय प्रमुख रूपमा उठ्यो।

खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग।

सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेशबारे सरकारको ध्यानाकर्षण।

दलित समुदायको आवास समस्या र पूजा धानुकको निधनको विषय पनि सदनमा उठ्यो।

चाडपर्वअघि बजार अनुगमन र मूल्य नियन्त्रण गर्न सांसदहरूको आग्रह।

चितवन, १८ साउन । बस्तीमा पसेर पटक–पटक जनधनको क्षति पुर्‍याउँदै आएको ध्रुवे जङ्गली हात्ती दाह्रा काटिएपछि अहिले चितवन राष्ट्रिय निकुञ्जभित्रै रहेको छ। निकुञ्ज प्रशासनले हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा अनुगमन गरिरहेको जनाएको छ।

गत असार ३१ गते ध्रुवेलाई नियन्त्रणमा लिएर निकुञ्जको सुखिभार पोस्ट नजिकै दुवै दाह्रा काटिएको थियो। साथै, यसको गतिविधि निगरानी गर्न नयाँ रेडियो कलर पनि जडान गरिएको थियो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुवे निकुञ्जभित्रै बस्दै आएको छ। आइतबार बिहान माडीस्थित अमेलिया कृषि फर्म क्षेत्रमा देखिए पनि त्यसपछि बस्तीमा प्रवेश गरेर कुनै क्षति नपुर्‍याएको जनाइएको छ।

निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको अपरेसन युनिटले ध्रुवेको अवस्थाबारे हरेक १० मिनेटमा जानकारी संकलन गरिरहेको छ। हात्ती बस्ती नजिक पुगेमा मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीय बासिन्दालाई तत्काल सूचना दिने व्यवस्था गरिएको छ।

संरक्षण अधिकृत पौडेलका अनुसार हात्तीलाई नियन्त्रणका क्रममा प्रयोग गरिएको औषधिको प्रभावका कारण ध्रुवे केही समय शिथिल देखिए पनि कुनै पनि बेला बस्ती पस्न सक्ने भएकाले प्रशासन पूर्ण तयारी अवस्थामा रहेको छ।

ध्रुवे हात्तीले हालसम्म २५ जनाको ज्यान लिएको निकुञ्जको अभिलेखमा उल्लेख छ। गत असार २० गते पनि माडीमा एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। त्यसपछि चौथोपटक यसको दाह्रा काटेर रेडियो कलर जडान गरिएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यस्ता घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाइएको छ। उनका अनुसार ध्रुवे बथानबाट छुट्टिएपछि बस्ती पस्ने गरेको अनुमान गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ४५ देखि ५० वटा जङ्गली हात्ती रहेको अनुमान छ। ध्रुवेसँगै रोनाल्डो र गोविन्दे लगायतका मत्ता हात्ती पनि निकुञ्जमा रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.