भर्खरै : Sorry, your browser does not support inline SVG.

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु

रोमानिया, १९ साउन । पूर्वी रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा दुवै नेपालीको घटनास्थलमै मृत्यु भएको हो।

बाकाउ आपत्कालीन सेवा निर्देशनालय (ISU) का अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको उद्धार टोली घटनास्थलमा पुगेको थियो। तर, उद्धारकर्मी पुग्दासम्म दुवैको मृत्यु भइसकेको थियो।

ISU बाकाउले जारी गरेको विज्ञप्तिमा रेलको ठक्करबाट दुई जना घाइते भएको सूचनापछि टोली परिचालन गरिएको उल्लेख गर्दै चिकित्सक टोलीले घटनास्थलमै दुवैलाई मृत घोषणा गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट मृतकहरू नेपाली नागरिक रहेको पुष्टि भएको छ। यद्यपि, उनीहरूको नाम, ठेगाना तथा अन्य परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।

दुर्घटना कसरी भयो, नेपाली नागरिक रेलमार्गमा कसरी पुगे तथा घटनाको वास्तविक कारण के हो भन्ने विषयमा स्थानीय प्रहरी र रोमानियाको रेलवे अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्।

 


Thali Mobile Pvt.Ltd.