भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा

फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा

काठमाडौँ, १९ साउन । देशका दुई फरक स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको दक्षिणकाली र बाँकेको नेपालगञ्जमा गरिएको छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागूऔषध तथा नगद बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले दक्षिणकाली नगरपालिका–५, फर्पिङबाट २ हजार ६९० ट्याब्लेट ट्रामाडोल र २३६ ट्याब्लेट नाइट्राजेपामसहित एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१ घर भई हाल काठमाडौँको चन्द्रागिरिमा बस्दै आएका ३१ वर्षीय सुमन भण्डारी रहेका छन्।

त्यसैगरी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–४ बाट १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज–४ का ३० वर्षीय सुशील भण्डारी र नेपालगञ्ज–१० का ५५ वर्षीय अरुणकुमार जयसवाल रहेका छन्।

अनुसन्धानका क्रममा प्रहरीले जयसवालको घरमा खानतलासी गर्दा थप ४२५ ग्राम खैरो हेरोइन, १ लाख ८० हजार नेपाली रुपैयाँ, २ लाख १४ हजार भारतीय रुपैयाँ तथा एक थान डिजिटल तराजु बरामद गरेको जनाएको छ।

दुवै घटनामा संलग्न व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.