भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा

फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा

काठमाडौँ, १९ साउन । देशका दुई फरक स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको दक्षिणकाली र बाँकेको नेपालगञ्जमा गरिएको छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागूऔषध तथा नगद बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले दक्षिणकाली नगरपालिका–५, फर्पिङबाट २ हजार ६९० ट्याब्लेट ट्रामाडोल र २३६ ट्याब्लेट नाइट्राजेपामसहित एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१ घर भई हाल काठमाडौँको चन्द्रागिरिमा बस्दै आएका ३१ वर्षीय सुमन भण्डारी रहेका छन्।

त्यसैगरी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–४ बाट १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगञ्ज–४ का ३० वर्षीय सुशील भण्डारी र नेपालगञ्ज–१० का ५५ वर्षीय अरुणकुमार जयसवाल रहेका छन्।

अनुसन्धानका क्रममा प्रहरीले जयसवालको घरमा खानतलासी गर्दा थप ४२५ ग्राम खैरो हेरोइन, १ लाख ८० हजार नेपाली रुपैयाँ, २ लाख १४ हजार भारतीय रुपैयाँ तथा एक थान डिजिटल तराजु बरामद गरेको जनाएको छ।

दुवै घटनामा संलग्न व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.