भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग

राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग

मुख्य बुँदा

राष्ट्रिय सभामा महँगी र मूल्यवृद्धिको विषय प्रमुख रूपमा उठ्यो।

खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग।

सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेशबारे सरकारको ध्यानाकर्षण।

दलित समुदायको आवास समस्या र पूजा धानुकको निधनको विषय पनि सदनमा उठ्यो।

चाडपर्वअघि बजार अनुगमन र मूल्य नियन्त्रण गर्न सांसदहरूको आग्रह।

काठमाडौं, १८ साउन । राष्ट्रिय सभाका सांसदहरूले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको निरन्तर बढ्दो मूल्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न, दाल, चामल, खाना पकाउने एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले चर्को मूल्यका बाबजुद पनि बजारमा आवश्यक वस्तु सहज रूपमा उपलब्ध हुन नसकेको बताए। उनले छिमेकी भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटे पनि नेपालमा मूल्य नघटाइएको उल्लेख गर्दै उपभोक्तामाथिको आर्थिक भार कम गर्न सरकारसँग आग्रह गरे।

यस्तै, नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले काठमाडौंको माइतीघर मण्डलामा दलित समुदायले आवासमा भेदभावको विरोध गर्दै गरिरहेको आन्दोलनको विषय उठाउँदै सरकारलाई समस्या समाधानतर्फ गम्भीर हुन आग्रह गरे।

जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषय उठाउँदै सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिन्।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले पूजा धानुकको निधनको घटनाबारे निष्पक्ष छानबिन र महिलासँग सम्बन्धित मुद्दामा सरकार थप संवेदनशील हुनुपर्ने धारणा राखिन्।

नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले चाडपर्व नजिकिँदै जाँदा बजारमा चामल, दाल, ग्यासलगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको उल्लेख गर्दै महँगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिन्। उनले नागरिकले अनावश्यक मूल्यवृद्धिको भार धेरै समयसम्म थेग्न नसक्ने चेतावनी पनि दिइन्।

 


Thali Mobile Pvt.Ltd.