भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग

राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग

मुख्य बुँदा

राष्ट्रिय सभामा महँगी र मूल्यवृद्धिको विषय प्रमुख रूपमा उठ्यो।

खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग।

सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेशबारे सरकारको ध्यानाकर्षण।

दलित समुदायको आवास समस्या र पूजा धानुकको निधनको विषय पनि सदनमा उठ्यो।

चाडपर्वअघि बजार अनुगमन र मूल्य नियन्त्रण गर्न सांसदहरूको आग्रह।

काठमाडौं, १८ साउन । राष्ट्रिय सभाका सांसदहरूले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको निरन्तर बढ्दो मूल्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न, दाल, चामल, खाना पकाउने एलपी ग्यास लगायतका अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले चर्को मूल्यका बाबजुद पनि बजारमा आवश्यक वस्तु सहज रूपमा उपलब्ध हुन नसकेको बताए। उनले छिमेकी भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटे पनि नेपालमा मूल्य नघटाइएको उल्लेख गर्दै उपभोक्तामाथिको आर्थिक भार कम गर्न सरकारसँग आग्रह गरे।

यस्तै, नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले काठमाडौंको माइतीघर मण्डलामा दलित समुदायले आवासमा भेदभावको विरोध गर्दै गरिरहेको आन्दोलनको विषय उठाउँदै सरकारलाई समस्या समाधानतर्फ गम्भीर हुन आग्रह गरे।

जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषय उठाउँदै सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिन्।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले पूजा धानुकको निधनको घटनाबारे निष्पक्ष छानबिन र महिलासँग सम्बन्धित मुद्दामा सरकार थप संवेदनशील हुनुपर्ने धारणा राखिन्।

नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले चाडपर्व नजिकिँदै जाँदा बजारमा चामल, दाल, ग्यासलगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको उल्लेख गर्दै महँगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिन्। उनले नागरिकले अनावश्यक मूल्यवृद्धिको भार धेरै समयसम्म थेग्न नसक्ने चेतावनी पनि दिइन्।

 


Thali Mobile Pvt.Ltd.