भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

मुख्य बँदा

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले अनलाइन समाचारमा बागमती प्रदेशको स्वास्थ्य मंत्रालय र चिकित्सकहरूको नाम जोडेर प्रकाशित आरोपहरूको गम्भीर असहमति ।

मन्त्रालयबाट उक्त समाचारलाई प्रमाणविहीन र गलत भन्दै आलोचना ।

खरिद प्रक्रिया पारदर्शी र विधिसम्मत रहेको स्पष्ट ।

चिकित्सा आपूर्ति र चिकित्सकहरूको सरुवाका विषयमा गम्भीर भ्रम फैलाउने प्रयास भएको बताइएको छ।

मन्त्रालयले जिम्मेवार पत्रकारिताको महत्त्व र समाजमा सही सूचना पुर्याउन सबै पत्रकार र समाचार संस्थाहरूसँग सहयोगको अपेक्षा राखेको छ।

हेटौंडा, १ कार्तिक । हालै https://www.bagamatiexpress.com लगायत केही अनलाइन माध्यमहरूमा पूर्वाग्रहपूर्ण रूपमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र यस अन्तर्गत कार्यरत चिकित्सक तथा कर्मचारीहरूको नाम जोडेर प्रकाशित भएका समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा समर्पित भएर कार्यरत व्यक्तिहरूमाथि प्रमाणविहीन आरोप लाग्नु दुःखद भएको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ । समाचारमा उठाइएका धेरैजसो विषय वस्तुगत सत्यताबाट टाढा रहेकाे र सरकारी प्रक्रियालाई तोडमोड गरी प्रस्तुत गरिएको मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार, औषधि तथा स्वास्थ्य सामग्रीहरूको खरिद प्रक्रिया पूर्णतः सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार bolpatra.gov.np/egp मार्फत पारदर्शी रूपमा सम्पन्न हुँदै आएको छ। खरिद सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रतिस्पर्धी र विधिसम्मत ढंगले अघि बढाइँदै आएको स्पष्ट पारिएको छ।

साथै, केही चिकित्सक र मेडिकल सप्लायरबीच देखिएको सम्बन्धलाई लिएर गरिएको टिप्पणी व्यक्तिगत प्रकृतिको रहेको र मन्त्रालयको आधिकारिक नीतिसँग सम्बन्धित नरहेको बताइएको छ। मेडिकल सप्लाई सम्बन्धी स्वीकृति बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रलाइ अधिकार रहन्छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रचलित कानून बमोजिम ९ औं र १० औं तहका चिकित्सकहरूकाे सरूवा हुने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। समाचारमा भनिए जस्तै सिन्धुलीको सिन्धुली अस्पताल र नुवाकोटको त्रिशुली अस्पतालमा चिकित्सकको सरुवा पनि नभएको मन्त्रालयले उल्लेख गरिएकाे छ । 

विज्ञप्तिमा भनिएको छ, “पेशागत मर्यादा र सेवा भावले काम गरिरहेका चिकित्सकहरूको चरित्र हत्या हुने खालका समाचारले समाजमा भ्रम फैलाउँछ र सेवा प्रवाहमा नकारात्मक असर पर्न सक्छ।” मन्त्रालयले सत्य, तथ्य र प्रमाणमा आधारित भएर मात्रै समाचार सम्प्रेषण गर्न सबै सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ। “आधारहीन सूचना मात्र संस्थाको छवि होइन, समग्र स्वास्थ्य प्रणालीप्रति आम जनताको भरोसामा समेत आँच ल्याउन सक्छ,” मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सबै पत्रकार, सम्पादक र समाचार संस्था प्रति उच्च सम्मान व्यक्त गर्दै, जिम्मेवार पत्रकारिताको अभ्यासमार्फत समाजलाई सही सूचना प्रदान गर्न सबैको साथ र सहयोगको अपेक्षा राखेको जनाएकाे छ।

स्वास्थ्य मन्त्रालय र सचिवमाथि समाचारमा लगाइएको आरोप

स्वास्थ्य सचिव गौतम र स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका निर्देशक डाक्टर अर्जुन सापकोटा सहितको टिमले भाद्र २२ गते प्रकाशन गरेको औषधि तथा सामग्री खरिद टेन्डरमा समेत कुनै दर रेट सार्वजनिक नगरी एकै फर्मलाई सहज हुने गरी बोलपत्र खोलेको विषयमा समेत मन्त्रालयका सचिव गौतमको संलग्नता देखिने हुँदा मन्त्रालय सचिव डाक्टर सुमित्रा गौतमलाई कारवाहीको माग गर्दै अख्तियार कार्यालय गुहार्न औषधि व्यवसायी संघ बाध्य भएको समाचारमा भनिएकाे छ ।

तर टेन्डर प्रक्रियामा आपूर्ति केन्द्रकाे जिम्मेवारी हुने भएकाले यस प्रक्रियामा सचिवलाई पूर्वाग्रही ढंगबाट जोडिएकोप्रति मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

यस अघि सचिवको हस्ताक्षरमा जारी असोज २४ गतेकाे पत्रमा भनिएकाे छः बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडालाई अत्यावश्यक कार्य तत्काल गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्वास्थ्य व्यवसायी संघ त्रिपुरेश्वर, काठमाडौंले २०८२ असोज २२ गते पठाएको पत्रका आधारमा ठेक्का नम्बर HLMC/G/NCB-09/2082-83 अन्तर्गतका Package/Lot सम्बन्धी विषयमा ठेकेदारसँग भएका प्रश्नहरूको समाधान गर्दै Pre-Bid Meeting मार्फत प्रतिष्पर्धा वृद्धि गर्ने कार्य तुरुन्त गर्न सूचना दिएको र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समेत समय थप गरेकाे उल्लेख गरिएकाे छ ।

तर पनि पूर्वाग्रही ढंगले विभिन्न सञ्चार माध्यममा सचार प्रकाशन गरि राष्ट्रसेवक कर्मचारी माथि चरित्र हत्या गर्न खोजिनु निन्दनीय भएको प्रदेश स्वास्थ्यमनत्रालयले जनाएको छ ।

काठमाडौँ, १९ असोज ।देशभर निरन्तर परिरहेको वर्षाका कारण प्रमुख नदीहरूको जलसतह तीव्र रूपमा बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहानसम्म देशका ८ वटा नदीले खतराको तह पार गरेका छन् भने १२ वटा नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।

विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला (सुनसरी), बिरिङ खोला (झापा) लगायतका नदीमा खतराको तह नाघेको छ।

त्यस्तै, कोशी प्रदेशका धेरै नदीहरूमा पानीको बहाव बढ्दो क्रममा रहेको छ भने बागमती र मधेश प्रदेशका केही नदीहरूमा बहाव स्थिर र केहीमा घट्दो देखिएको छ। पूर्वानुमान शाखाले कोशी, मधेश र बागमती प्रदेशका अन्य नदी तथा खोलाहरूमा पनि बहाव सतर्कता तह नजिक पुगेको जनाएको छ। विभागले जारी गरेको बिहानको सूचनामा भनिएको छ ।

“बागमती र मधेश प्रदेशमा वर्षाको तीव्रता घट्दै गएको छ भने कोशी प्रदेशका धेरै स्थानमा अझै मध्यमदेखि भारी वर्षा जारी छ, जुन क्रम केही घण्टा कायम रहन सक्छ।” बाढी पूर्वानुमान शाखाका अनुसार, ती नदीमा आइतबार बेलुकीसम्म बाढीको उच्च जोखिम रहने र सोमबार बिहानसम्म मध्यम जोखिम रहन सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

मुख्य बुँदा 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णय

आगामी तीन दिन (असोज १८, १९ र २०) लामो दूरीका यातायात बन्द

भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानका कारण निर्णय

बाढी, पहिरो र डुबान जोखिम न्यूनीकरणका उद्देश्यले

अत्यावश्यक सवारीसाधनबाहेक सबै आवागमन रोक्न निर्देशन

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई अनुगमन र निगरानी आदेश

काठमाडौँ, १८ असाेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिनसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले यो निर्णय गरिएको प्राधिकरणले जनाएको हो।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “भारी वर्षा र अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान जोखिम न्यूनीकरणका लागि, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधनको आवागमन मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिन्छ।”

प्राधिकरणले अत्यावश्यक सेवाबाहेकका कुनै पनि सवारीसाधन नचलाउन आग्रह गरेको छ। साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारीसाधन आवतजावत पूर्णरूपमा बन्द गर्न तथा त्यसको निरन्तर अनुगमन र निगरानी गर्न निर्देशन दिएको छ।

विपद् जोखिम न्यूनीकरण प्राधिकरणले नागरिकहरूलाई मौसम सुधार नहुँदासम्म अनावश्यक यात्रा नगर्न र सतर्क रहन पनि अपिल गरेको छ।

भारी वर्षा पूर्वानुमान : तीन दिनका लागि लामो दूरीका यातायात बन्द

काठमाडौँ, १६ असाेज । मनसुनी वायु थप सक्रिय हुँदा गएरातीदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि वर्षा गराउने प्रणाली अझ सक्रिय हुने भन्दै सोमवार २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागका अनुसार, बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्ने क्रममा नेपालमा प्रवेश गरेकोले मनसुनी वायु सक्रिय भएको हो। विभागले विशेषगरी निम्न क्षेत्रमा अकस्मिक नदी बहावको उच्च सम्भावना रहेको जनाएको छ:

बागमती प्रदेश: काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन,कोशी प्रदेश: संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ,मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट ।

आजदेखि २० गतेसम्म नारायणी, बागमती, कमला, कोशी नदी र तिनका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र खतराको तह आसपास पुग्ने सम्भावना रहेको छ।

साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत र चुरे भई बहने स–साना नदीनालामा आकस्मिक बहाव हुने सम्भावना रहेको विभागले जनाएको छ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NRRMA) ले सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न अपिल गरेको छ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ: भारी वर्षाका कारण सम्भावित जोखिमबाट बच्न सबैले उच्च सतर्कता अपनाउनुपर्छ।

वर्षा र बाटोको अवस्था हेरेर आवश्यक परे गाडी सञ्चालनमा रोक लगाउने निर्णय लिन र त्यसको पालना गराउन सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई निर्देशन दिइएको छ।

मुख्य बुँदा 

लगातारको अविरल वर्षा र पहिरोका कारण कोशी र बागमती प्रदेशमा चार स्थानमा मुख्य राजमार्ग पूर्ण अवरुद्ध।

कोशी प्रदेश:

भोटखोला गाउँपालिका–४, बरुण : जेठ ६ देखि अवरुद्ध

मकालु गाउँपालिका–३, एकुवा : भदौ १५ देखि अवरुद्ध

बागमती प्रदेश (रसुवा जिल्ला):

गोसाइँकुण्ड–२, नेपाल–चीन जोड्ने पुल : असार २४ बाट अवरुद्ध

पासाङ ल्हामु सडक खण्ड : असोज १६ देखि अवरुद्ध

नेपाल प्रहरीका अनुसार सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन्।

यात्रु र मालसामान ढुवानीमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध।

काठमाडौँ, १६ असाेज । लगातारको अविरल वर्षा र पहिरोका कारण देशका दुई प्रमुख प्रदेश, कोशी र बागमती, मा मुख्य राजमार्गका चार स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशको संखुवासभा जिल्लामा दुई स्थानमा राजमार्ग बन्द छ।

भोटखोला गाउँपालिका–४, बरुणमा जेठ ६ गतेदेखि नै कोशी राजमार्ग बन्द भएको छ।मकालु गाउँपालिका–३, एकुवा क्षेत्रमा भदौ १५ गतेदेखि बाटो अवरुद्ध छ।

बागमती प्रदेशको रसुवा जिल्लामा पनि बाढी र पहिरोले सडकमा ठूलो असर पारेको छ। गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन जोड्ने पुल असार २४ गते आएको बाढीले पूर्ण रूपमा अवरुद्ध भएको छ। पासाङ ल्हामु सडक खण्ड पनि असोज १६ गतेको पहिरोका कारण बन्द छ।

नेपाल प्रहरीले जनाएको छ कि सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन्। तर, लगातार वर्षा र पहिरोका कारण सडक सुचारु गर्न चुनौतीपूर्ण बनेको छ।

सारांशमा, यातायात प्रभावित भएकाले यात्रु र मालसामानको ढुवानीमा समस्या आइरहेको छ। यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र थप जानकारीका लागि स्थानीय प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

हेटौँडा, १६ असाेज । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका बागमती प्रदेशका मन्त्रालयहरूको सेवा प्रवाह र विकास निर्माणलाई निरन्तरता दिन ६ वटा मन्त्रालयलाई अस्थायी भवनमा सारिएको छ।

आगजनीबाट क्षति पुगेका १० कार्यालयमध्ये ८ वटा मन्त्रालय रहेका थिए। तीमध्ये ६ मन्त्रालयलाई अस्थायी रूपमा सरकारी स्वामित्वका भवनहरूमा स्थानान्तरण गरिएको हो।

हेटौँडाको चौकीटोलस्थित एउटै भवनमा रहेका ४ मन्त्रालयलाई अन्यत्र सारिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हेटौँडा–१ स्थित चाइना क्वाटरमा रहेको कृषि निर्देशनालयमा। श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा बनेको उद्योग उपज प्रदर्शनी केन्द्रमा।

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई सिँचाइ डिभिजन कार्यालयको क्वाटरमा। भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सहरी विकास तथा भवन कार्यालयको नयाँ भवनमा सारिएको छ।

चार मन्त्रालय रहेको भवनमा आगलागीले क्षति पुर्‍याएपछि विज्ञ टोलीले ‘पहेँलो स्टिकर’ टाँस्दै मध्यम जोखिमयुक्त घोषणा गरेको छ। उक्त भवनलाई ‘रेट्रो फिट’ गरेर मात्र प्रयोग गर्न सकिने सुझाव दिइएको छ।

यसैगरी, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय रहेको पुरानो भवनबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य मन्त्रालयलाई भुटनदेवी माध्यमिक विद्यालयको चौरमा बनेको प्रदर्शनी केन्द्रमा सारिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई भने पहिलेकै भवन मर्मत गरेर सेवा प्रवाह गर्न मिलाइएको छ।

सामाजिक विकास मन्त्रालयलाई नजलेका कोठा र पुराना साना भवनहरूमा सारिएको छ। अहिले अस्थायी भवनहरूमा फर्निचर, बिजुली र पानीजस्ता आधारभूत पूर्वाधार व्यवस्थापनको काम भइरहेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका ५ जिल्लामा सरकारी संरचनामा ठूलो क्षति पुगेको हो। प्रारम्भिक विवरणअनुसार: कुल ६० सरकारी भवनमा क्षति, जसमा २६ वटा भवनमा पूर्ण क्षति। भवनतर्फ मात्र ४७ करोड ९३ लाख रुपैयाँ नोक्सानी। १९५ सवारी साधनमा २१ करोड ६७ लाख रुपैयाँ क्षति (१४२ दुई पाङ्ग्रे र ५३ चार पाङ्ग्रे)।

जिन्सी सामानमा २० करोड ४० लाख रुपैयाँ क्षति। जम्मा क्षति ९० करोड रुपैयाँभन्दा बढी अनुमान गरिएकाे छ ।

क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागि मात्रै ७१ करोड ४१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। प्राथमिकता तोकेर पुनःस्थापना कार्य सुरु गरिएको र आगामी २ महिनाभित्र सक्ने गरी सरकार टोली परिचालनमा लागेको जनाइएकाे छ । 

मुख्य बुँदा

बागमती प्रदेशको पर्यटकिय क्षेत्र सुरक्षित रहेको सरोकारवालाहरूले पुष्टि।

मन्त्री सुरेश श्रेष्ठ: “प्रदेश नेपालको ८०% भन्दा बढी पर्यटक भित्रने क्षेत्र, पर्यटनबाट प्रदेशको समृद्धि सम्भव।”

मन्त्रालयले ३ अर्ब रूपैयाँभन्दा बढी बजेट पर्यटन विकासमा विनियोजन।

प्रमुख पवन पोखरेल: पर्यटकलाई स्वागतसँगै भेसभुसा, खाना, वासस्थान, पथ प्रदर्शक र शौचालय सुविधा सुनिश्चित।

पर्यटन व्यवसायीहरूले नेपाल सुरक्षित पर्यटन गन्तव्य हो भन्ने सन्देश फैलाउन नसक्दा अर्बौं घाटा व्यहोर्नु परेको अनुभव साझा।

काठमाडौँ, ११ असाेज । बागमती प्रदेशमा विद्यमान जेनजी विद्रोहका कारण प्रभावित हुन सक्ने पर्यटन उद्योग अहिले सुरक्षित अवस्थामा रहेको सरोकारवालाहरूले बताएका छन्।

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय र पर्यटन कार्यालय काठमाडौँको आयोजनामा विश्व पर्यटन दिवस २०८२ को अवसरमा आयोजित “पर्यटन क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा” सरोकारवालाहरूले प्रदेशको पर्यटन क्षेत्र सुरक्षित रहेको जानकारी दिएका हुन्।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले कार्यक्रममा भन्नुभयो, “बागमती प्रदेश नेपालको ८० प्रतिशतभन्दा बढी पर्यटक भित्रने क्षेत्र हो। यसलाई अवसरका रूपमा लिन सके हाम्रो प्रदेशको समृद्धि पर्यटन उद्योगबाट सम्भव छ।” मन्त्री श्रेष्ठले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई बागमती प्रदेशका विभिन्न पर्यटन स्थल भ्रमण गर्न आह्वान गर्दै पर्यटन व्यवसायीहरूको समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत जानकारी दिनुभयो।

कार्यक्रममा सचिव दीपेन्द्र सुवेदीले बागमती प्रदेशमा पर्यटन विकासका लागि गहिरो अध्ययन गरिएको र ३ अर्ब रूपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको बताउनुभयाे । उहाँले नयाँ पर्यटकीय गन्तव्यहरूको सम्भाव्यता अध्ययनदेखि हालका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र विकाससम्म मन्त्रालय सक्रिय रहेको स्पष्ट पार्नुभयो।

पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेलले भन्नुभयाे, “पर्यटकलाई स्वागत मात्र हैन, भेसभुसा, खाना, वासस्थान, पथ प्रदर्शक, शौचालय सुविधा तथा कला–संस्कृतिको संरक्षणमा पनि हामी काम गर्दैछौँ।”

कार्यक्रममा सहभागी पर्यटन बोर्ड, होटेल व्यवसायी महासङ्घ, टुर गाइड संघ, टान, हान लगायतका पर्यटन व्यवसायीहरूले नेपालमा पर्यटन सुरक्षित रहेको सन्देश फैलाउन नसक्दा छोटो समयमा नै अरबौं रूपैयाँ घाटा व्यहोर्नु परेको बताएका थिए । 

काठमाडौँ, २१ भाद्र । शनिबार देशका धेरै ठाउँमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज ठूलो पानी पर्ने सम्भावना भने छैन । गएराति काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । कपिलवस्तुमा आज बिहान १०.८ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सबैभन्दा धेरै हो ।

यसैगरी दाङ, सिन्धुली लगायतका जिल्लामा पनि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।