भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

दैलेख । दैलेखमा पारिवारिक विवादका क्रममा बुबाको कुटपिटबाट छोराको मृत्यु भएको छ। जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले आफ्नै ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेको प्रहरीले जनाएको छ।

पारिवारिक विवादका क्रममा भएको कुटपिटपछि यादव थापाको गर्धन, पाखुरा लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै उनलाई उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए।

घटनापछि कुटपिटमा संलग्न कविराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।