भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काभ्रेपलाञ्चोक, २४ जेठ । शनिबार बिहान करिब ७:३० बजेतिर काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर २ मा भीषण आगलागी भएको छ।

आगलागी राजेश श्रेष्ठको घरमा सुरु भएको थियो। यद्यपि आगलागीले केही भौतिक क्षति पुर्‍याए पनि मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।

घटनापछि नेपाल प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधिहरूको सक्रिय प्रयासबाट आगो नियन्त्रणमा ल्याउन सफल भएको हो ।

वडाध्यक्षको प्रतिक्रिया:
वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले घटनास्थलमै पुगेर राहत तथा उद्दार कार्यको नेतृत्व गरेका हुन । “स्थानीयवासी, सुरक्षा निकाय र जनप्रतिनिधिबीचको सहकार्यका कारण ठूलो क्षति हुनबाट बच्न सक्यौं। यस्ता विपद्को समयमा सबैले देखाएको सक्रियता र सहृदयता प्रशंसनीय छ। आगामी दिनमा विपद् व्यवस्थापन र आगलागी न्यूनीकरणका उपायहरू अझ मजबुत बनाइनेछ।”  उनले भने । 

अहिलेसम्मको विवरण अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानमा विद्युत सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।

घटनापछि छिमेकीहरूले पानी, बाल्टिन र पाइपको सहायताले तुरुन्तै आगो निभाउन सहयोग गरेका थिए। आगलागी नियन्त्रणको लागि सामूहिक प्रयास सफल भएको स्थानीयहरूले बताएका छन्।