भर्खरै : Sorry, your browser does not support inline SVG.
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती | लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ |

एजेन्सी । जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्‍याएको छ। यो स्तर पछिल्ला तीन दशकयताकै उच्च हो।

चिनियाँ समाचार संस्था सिन्हाका अनुसार यो वृद्धि जनवरीयताकै पहिलो हो। साथै, प्रधानमन्त्री सानाइ ताकाइचीको प्रशासन कार्यकालमा गरिएको पहिलो ब्याजदर वृद्धि पनि हो। ताकाइची प्रशासन आक्रामक राजकोषीय नीति र मौद्रिक सहजताको पक्षधर मानिन्छ।

यो कदम बैंक अफ जापानको मौद्रिक नीति सामान्यीकरणतर्फको पछिल्लो प्रयासका रूपमा लिइएको छ। यसअघि केन्द्रीय बैंकले सन् २०२४ मार्चमा लामो समयदेखि लागू हुँदै आएको नकारात्मक ब्याजदर नीति अन्त्य गरेको थियो। त्यसयता सन् २०२४ जुलाई र जनवरीमा पनि नीति ब्याजदर बढाइएको थियो।

प्रधानमन्त्री ताकाइची सत्तामा आएयता जापानको राजकोषीय स्वास्थ्य थप कमजोर हुन सक्ने चिन्ताका कारण जापानी येन मुद्रा तीव्र रूपमा अवमूल्यन हुँदै आएको छ। यसले येन तथा सरकारी ऋणपत्रहरूको बिक्री दबाब बढाएको छ।

जापानमा निरन्तर उच्च मुद्रास्फीति कायम रहनु र वास्तविक ब्याजदर अझै नकारात्मक अवस्थामा रहनुका कारण आगामी दिनमा थप ब्याजदर वृद्धि हुन सक्ने बजार अपेक्षा पनि बढ्दै गएको छ।