भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर | मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी |

असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब

असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको हो । यो रकम गत भदौ महिनामा भित्रिएको २ खर्ब २१ अर्ब रुपैयाँभन्दा बढी हो । यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोजको आप्रवाहले यसअघिको सबैभन्दा उच्च कीर्तिमानलाई समेत उछिनेको छ ।

चाडपर्वको समय र रसुवामा आएको बाढीका कारण पनि असोजमा रेमिट्यान्स आप्रवाह बढेको हुन सक्ने बताइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७ दशमलव २ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३५ दशमलव ४ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षको असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यस वर्षको असोजमा उक्त रकम बढेर २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । यसैबीच, चालु आर्थिक वर्षको असोजसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.