भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर | मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी |

दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

मुख्य बुँदा

दुई महिनामा ८८७ वटा व्यावसायिक फर्ममा बजार अनुगमन ।

कैफियत भेटिएका ७४ फर्मलाई कारबाही ।

कारबाहीबाट २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल ।

थप ७६ फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन ।

उपभोक्ता ठगी, कालोबजारी र कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न दैनिक ५ देखि १० टोली परिचालन ।

काठमाडौँ, ३ मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो दुई महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरिएको विभागले जनाएको छ ।

उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि तथा व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो ।

विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन गरिँदै आएको छ । विभागका अनुसार खाद्यान्न तथा किराना पसल, होटल तथा रेस्टुरेन्ट, ग्यास पसल, कपडा पसल, सौन्दर्य सामग्रीका पसल, सवारीसाधनका पार्टपुर्जा पसल तथा तरकारी र फलफूल पसलमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा वस्तुको मूल्य र गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड तथा उपभोक्ता अधिकारको पालना भए–नभएको विषयमा निगरानी गरिएको विभागले जनाएको छ ।

यसैगरी, कैफियत देखिएका थप ७६ वटा व्यावसायिक फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । महानिर्देशक शाक्यले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण निर्माण गर्नु विभागको प्राथमिकता रहेको बताउनुभएको छ ।

उहाँले बजारमा ठगी, अनुचित व्यापारिक गतिविधि तथा उपभोक्ताको हितविपरीतका काम भएको पाइएमा विभागलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.