भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

पर्सा, ९ असोज । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा एक सय ७९ चार पाङ्ग्रे गाडी थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती गाडी भन्सार जाँचपास नभएर थन्किएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा एक सय ४ थान चार पाङ्गे गाडी भन्सार जाँचपासको प्रक्रियामा रहेका जानकारी दिनुभयो ।

भन्सारको यार्डमा रहेका गाडीहरू क्रमशः भन्सार जाँचपासको प्रक्रियामा अघि बढ्ने उहाँको भनाइ छ । कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा चार पाङ्ग्रे गाडीहरूकोे भन्सार जाँचपास प्रक्रिया अघि बढिसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका गाडीहरू पनि आवश्यक प्रक्रिया अघि बढेको छ ।

वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको दुई महिनामा सात अर्ब १६ लाख रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा आयात भएका छन् । रासस