भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काठमाडौँ, २ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलस्थित Level Up Enterprises नामक कम्पनीले चीनबाट आयात गरेको ७४ पोका ब्रान्डेड सनग्लास, लेडिज टप्स लगायतका सामानमा अनियमितता उजागर भएको छ। प्रज्ञापन फारममा गलत विवरण दिइएको र सामान जासपस गरिएको खुलेपछि यस विषयमा छानबिनको माग उठेको छ।

भन्सार विभागले सो सामान पुन: रिचेक गर्न निर्देशन दिएको भए पनि झन्डै ७० दिनसम्म सामानको भौतिक परीक्षण नगरी भन्सार एजेन्ट र कर्मचारीबीच मिलेमतो गरेर मनमानी मूल्यांकन गरी सामान छाड्ने तयारी भएको सूचना बाहिर आएको छ।

सामानको रिचेकका लागि खटिएका भन्सार अधिकृतहरुले यो काम गर्न नसकेको र पछि थप कर्मचारी परिवर्तन गरी खटाइएको थियो। तर पुनः चेक गर्दा ६९ पोका मात्रै भेटिएको र बाँकी ३ पोका सामान गोदाममा लुकाइएको फेला परेको छ।

गोदामबाट बाहिर निकालेको कागजपत्रमा ७४ पोका सामान १९ चैत्र २०८१ मा बाहिर गएको देखाइएको भए पनि पुनः २८ जेठ २०८२ मा गोदाममा भित्र्याएर सोही दिन पुनः बाहिर निकालिएको देखिन्छ। शाखा प्रमुखले यो कागजपत्रमा हस्ताक्षर गरेकाे देखिन्छ । 

यसअघि पनि सो कम्पनीले यस्तै तरिकाले सामान गायब गरी करोडौं राजस्व छली गरेको पाइएको छ। सूत्र अनुसार यो कार्यमा भन्सार कार्यालयको पारबहन गोदाम र भन्सार एजेन्ट संघले समेत भित्री सहयोग गरेको आशंका गरिएको छ। राजस्व संकलन गर्ने निकाय नै राजस्व छलीमा संलग्न भएकोले यस विषयमा कडा छानबिन र कारबाही आवश्यक रहेको विज्ञहरुले बताएका छन्।

मुख्य प्रश्नहरू:

१. रिचेक पर्ने सामान झन्डै ७० दिनसम्म किन जाँचिएन?
२. रिचेकका लागि बारम्बार कर्मचारी परिवर्तन किन गरियो?
३. गोदामबाट सामान बारम्बार किन एक ठाउँबाट अर्को ठाउँ सारियो?
४. ७४ पोका सामानमा तीन पोका मात्र किन गोदामले Restore गरेर बिल गर्यो?  यस विषयमा अनुसन्धान र स्पष्ट उत्तर नआएसम्म पैरवी जारी राख्नुपर्ने माग रहेकाे छ ।