भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

ताप्लेजुङ, मंसिर १८ । अलैँचीको बजार भाउ लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।

गएको कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन अर्थात ४० किलोको एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ ।

हिजो प्रतिमन ९३ हजार रुपैयाँमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरु बताउँछन् ।

कोशी प्रदेशमा अहिले साढे सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा अलैँची खेती हुँदै आएको छ । अघिल्लो आर्थिक बर्ष काँकडभिट्टा नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । रासस

काठमाडौँ, ११ असार ।  नेपालमा पछिल्लो समय सिमेन्ट र डन्डीको मूल्य घटेको जनाउँदै उद्योगीहरूले उत्पादन नै कटौती गर्ने रणनीति अपनाएको आरोप लागेको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षले उद्योगीहरूले सिन्डिकेटमार्फत मूल्य नियन्त्रण गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्ट प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म र डन्डी प्रतिकिलो ५ रुपैयाँसम्म मूल्य घटेको छ। विभागका अनुसार, विद्युत् आपूर्तिमा सुधार र माग बढेपछि लागत घटेर मूल्य घटाइएको हो। तर व्यवसायीहरू भने भन्छन् मूल्य घटेको होइन, उत्पादन नै घटाइएको छ।

उनीहरूको भनाइ अनुसार, वर्षायाममा निर्माण सुस्त हुने भएकाले बजार माग कम देखाएर मूल्य नघट्ने रणनीति लागू गरिएको छ।यसअघि सिमेन्टको मूल्य प्रतिबोरा ८ सय रुपैयाँसम्म पुगेको थियो भने हाल ओपीसी सिमेन्ट ६७५ देखि ८०० रुपैयाँ र पीपीसी सिमेन्ट ५५० देखि ६७५ रुपैयाँसम्ममा उपलब्ध रहेको छ। डन्डीको मूल्य ९६ रुपैयाँबाट घटेर अहिले ८१ देखि ८५ रुपैयाँ प्रतिकिलोमा झरेको छ।

मन्त्रालयले केही महिनाअघि अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गरे पनि सिमेन्ट उद्योगीहरू फ्याक्ट्री गेट प्राइस (एफजीपी) अनुसार काम गरिरहेका छन्। यसले उपभोक्तालाई राहत दिनुको सट्टा मूल्य नियन्त्रण गर्नै नसक्ने अवस्था सिर्जना भएको निर्माण व्यवसायीहरूको गुनासो छ।

भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको ११ महिनामा २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको ८ लाख मेट्रिक टन सिमेन्ट र क्लिङ्कर भारत निर्यात भएको छ। तर अघिल्लो वर्षको तुलनामा यो ३७.४६% ले कम हो। अघिल्लो वर्ष करिब ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। निर्माण व्यवसायी महासंघले भारतमा सस्तोमा निर्यात र नेपालमा मूल्य नियन्त्रण नभएको अवस्थाले उपभोक्ता मारमा परेको दाबी गरेको छ।