भारतीय २ सय दरका नोट ओसारपसार गर्न स्वीकृति
नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन–लैजान पाउने
निर्णय मंसिर २९ को मन्त्रिपरिषद् बैठकबाट
कागजातमा हुलाक टिकट टाँस्ने अभ्यास हटाइने
एडीबीबाट १ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार
सिँचाइ आधुनिकीकरण आयोजनाका लागि ८ अस्थायी दरबन्दी स्वीकृत
काठमाडाैं, २ पुष । सरकारले भारतीय २ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय २ सय दरका नोट ओसारपसार गर्न दिने निर्णय गत मंसिर २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
यसै निर्णयसँगै सरकारले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि गरेको छ।
त्यस्तै सरकारले स्ट्रेन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एण्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमका लागि एशियाली विकास बैंक (ADB) बाट प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिब १४ अर्ब ३८ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बाँकी अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका आठ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ।
बुधवार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा प्रहरीले ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४, डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन्।
विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक मेथुल यादवको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरेर हाल अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र रूपमा भइरहेको छ।