भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

काठमाण्डौ, १९ मंसिर । गएको आर्थिक वर्ष २०८१र८२ सम्ममा सरकारले विभिन्न १ सय ५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रूपमा ९ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ बराबर लगानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गएको आर्थिक वर्ष २०८१र८२ सम्ममा सरकारको कुल शेयर लगानी १ सय १६ संस्थानमा ४ खर्ब ४ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा बढी शेयर लगानी रहेका संस्थामा नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् । त्यस्तै गएको आर्थिक वर्षसम्मको सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

त्यसमध्ये आन्तरिक स्रोतबाट १ खर्ब ५८ अर्ब १८ करोड २१ लाख र वैदेशिक स्रोतबाट ३ खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । धेरै ऋण लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।

गएको आर्थिक वर्षमा सरकारले साँवा फिर्तातर्फ २ अर्ब ६२ करोड २९ लाख ९४ हजार र ब्याज असुलीतर्फ ५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबर प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गएको आर्थिक वर्षमा मात्र शेयर लगानीतर्फ ५ अर्ब ५२ करोड ६ लाख र ऋण लगानीतर्फ ३५ अर्ब ९५ करोड ९७ लाख गरी कुल ४१ अर्ब ४८ करोड ४ लाख रुपैयाँ बराबर लगानी भएको छ ।

विभिन्न संस्थान र निकायमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायले समयमा सरकारलाई साँवा–ब्याज भुक्तानी नगर्दा त्यसको दायित्व क्रमशः बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०८१र८२ सम्ममा भाका नाघेको साँवा २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख र भाका नाघेको ब्याज १ खर्ब ४० अर्ब ८८ करोड २३ लाख गरी कुल भाका नाघेको रकम ४ खर्ब ८ करोड २० लाख रुपैयाँ रहेको छ ।

भाका नाघेको साँवा–ब्याज बढी भएका सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन् । रासस