भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लोप हुन लाग्यो ताप्लेजुङको रैथाने फापर

लोप हुन लाग्यो ताप्लेजुङको रैथाने फापर

फुङ्लिङ । ताप्लेजुङ फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपकी किसान मनमाया लिम्बू १० वर्षअघिसम्म एकै सिजनमा १० देखि १५ मुरीसम्म फापर उत्पादन गर्थिन्। तर अचेल उनले फापर छाडेर नगदेबाली लगाउन थालेकी छिन्।‘पछिल्लो समय खेती गर्ने जनशक्ति पाइँदैन। अलैँची, चिराइतोजस्ता नगदेबाली लगाउने चलन बढ्यो। यसैले फापर खेती गर्न छाडियो।’

फुङ्लिङ नगरपालिका–२ बोझेकी किसान धनकुमारी मादेन लिम्बूले फापर खेती लगाउन छोडेको सुनाइन्। ‘पहिले–पहिले गाउँका सबै किसानले फापर खेती लगाउँथे, विस्तारै सबैले खेती गर्न छोड्दै गए, आफूले पनि फापर खेती लगाउन छोडियो’, उनले भनिन्। उहाँले परम्परागत रैथाने बाली भएकाले बिउ जोगाउन लागि थोरै मात्र फापर खेती लगाउँदै आएको बताइन्।

उनीहरूजस्तैखेतीमा संलग्न जिल्लाका किसानले फापर खेती लगाउन छोडेका छन्। अचेल जिल्लामा फापर देख्नै छाडिएको फुङ्लिङ नगरपालिका–५ बुद्धचोकका विक्रम लिम्बूले बताए। विगतमा फापर खेतीमा संलग्न रहँदै आएका किसान कम उत्पादन हुने र सोचेजस्तो फाइदा पनि नहुने भएकाले फापर खेती छोडेको बताउँछन्। बढी फाइदा हुने बालीमा किसान अग्रसर र आकर्षित हुँदै आएको उनीहरूको भनाइ छ।

थोरै परिश्रम वा लगानीबाटै राम्रो आम्दानी हुने गरेको अलैँची खेतीतर्फ नै ग्रामीण भेगका किसान आकर्षित हुँदै आएका छन्। स्थानीय भाषामा तीते र मिठे गरी दुई प्रथातिको फापर खेती गरिन्छ। खेती गर्न र उत्पादन हुन छोडेको फापर, कोदोलगायतका रैथाने खाद्यान्न बालीको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने हाल आवाज पनि उठ्न थालेको छ।

मेला, महोत्सव तथा खाद्य परिकार प्रदर्शनीमा रैथाने बालीका परिकार चखाउने र उपभोगका लागि प्रयोगमा ल्याउने गरिएकाले यस्ता बालीहरुको खेतीलाई निरन्तरता दिनुपर्ने माग समेत उठ्न थालेको छ। स्थानीय तहले नै रैथाने बालीको संरक्षण र प्रवर्धनका कार्यक्रम बनाई कार्यान्वयनमा ल्याउनुपर्ने समाजका अगुवा बताउँछन्।

किसानलाई आत्मनिर्भर बनाउने योजना बनाउँदै आएका स्थानीय तहले अनुदान सहयोग गरेरै भए पनि रैथाने बाली संरक्षण तथा खेती गर्नतर्फ प्रेरित गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने आवश्यक भएको समाजका अगुवा बताउँछन्। रैथाने बाली फापरको परिकार उपभोग गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। रासस

 


Thali Mobile Pvt.Ltd.