भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

जहाजमा १५ जना यात्रु रहेको समिट एअरको जहाजमा प्राविधिक समस्या

जहाजमा १५ जना यात्रु रहेको समिट एअरको जहाजमा प्राविधिक समस्या

रामेछाप । लुक्लाका लागि उडेको समिट एअरको जहाजमा प्राविधिक समस्या आएको छ । रामेछापको रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडेको उक्त विमानमा समस्या आएको हो ।

धावनमार्गबाट उचाइ लिने क्रममा जहाजको इन्डिकेटरमा समस्या देखिएको र चालकले तत्काल विमानस्थलमा नै फर्काएर अवतरण गराएको रामेछाप नागरिक उडड्यन कार्यालयले जनाएको छ ।

आई एन ए के जेड कल साइनको समिट एअरको जहाजमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमा नै अवतरण गराइएको छ । जहाजमा १५ जना यात्रु थिए ।

 


Thali Mobile Pvt.Ltd.