भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान

बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान

एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५ मा एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ ।

बेलायतको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति पनि अघिल्लो वर्ष दुई दशमलव पाँच प्रतिशतबाट यो वर्ष तीन दशमलव दुई प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ जुन अक्टोबरको प्रक्षेपण भन्दा शून्य दशमलव ६ प्रतिशतले बढी हो ।

यो वर्षका लागि आफ्नो वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको बेलायती अर्थमन्त्री रेचेल रिभ्सले हाउस अफ कमन्समा पुष्टि गरेका छन् । विश्वव्यापी व्यापार विवाद बढ्दै गएमा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) एक प्रतिशतले घट्न सक्ने ओबीआरले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.