भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

गाजामा सञ्चार स्वतन्त्रतामाथि कडा प्रहार, २२९ पत्रकारले गुमाए ज्यान

गाजामा सञ्चार स्वतन्त्रतामाथि कडा प्रहार, २२९ पत्रकारले गुमाए ज्यान

गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु आइशाको मृत्यु भएपछि यो संख्या पुगेको हो।

गाजाको सरकारी मिडिया कार्यालयले आज जारी गरेको विज्ञप्तिमा मध्य गाजाको नुसिरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवारा क्षेत्रमा अबु आइशा इजरायली ड्रोन हमलाको लक्षित शिकार बनेको पुष्टि गरेको छ। मिडिया कार्यालयले यस घटनालाई “व्यवस्थित पत्रकार हत्या”को संज्ञा दिंदै कडा शब्दमा निन्दा गरेको छ।

साथै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ लगायतका प्रेस संस्थाहरूलाई गाजामा मिडिया पेशा गर्नेहरूमाथिको आक्रमणको खुलेर विरोध गर्न आग्रह गरिएको छ। वक्तव्यमा पत्रकारमाथिको आक्रमणलाई “नरसंहारको अपराध” भन्दै अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर र निर्णायक कदम चाल्न आह्वान गरिएको छ।

पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको सुनिश्चितता र दोषीहरूलाई अन्तर्राष्ट्रिय अदालतमा कारबाहीको माग गरिएको छ।मानवअधिकार संस्थाहरू र संयुक्त राष्ट्रसंघका रिपोर्ट अनुसार गाजामा इजरायली आक्रमणले मिडिया संस्थाहरूलाई नियतवश लक्षित गरेको पाइएको छ।

४०० भन्दा बढी पत्रकार घाइते, दर्जनौँ पक्राउ, मिडिया कार्यालयहरू ध्वस्त, स्थानीय रेडियोहरू बन्द,  बिजुली र इन्टरनेट सेवा ठप्प। प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा आज फेरि एकपटक गम्भीर संकटमा परेको गाजाको अवस्था हेर्दा स्पष्ट हुन्छ।

 


Thali Mobile Pvt.Ltd.