भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तीन संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूचीहरू

तीन संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूचीहरू

कैलाश खबर, २२ साउन । संघीय संसदअन्तर्गत आज तीन संसदीय समितिहरूको बैठक बस्दैछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आ–आफ्नो कार्यसूचीअनुसार बैठक बोलाएका हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
बिहान ११ बजे बस्ने बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।

महिला तथा सामाजिक मामिला समिति
समान समयमा बस्ने बैठकमा समितिले विगतमा सरकारलाई दिएका निर्देशनहरूको कार्यान्वयन अवस्थामाथि छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
दिउँसो २ बजे बस्ने यो समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ ।

 

 


Thali Mobile Pvt.Ltd.