भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको हो ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएको थाई एयर एशियालाई प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको छ । सोही अनुसार कार्तिक १८ गतेदेखि भैरहवामा उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.