DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

एयर एशियामाथिको प्रतिबन्ध फुकुवा image

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको हो ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएकोमा कार्तिक ११ गते उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएको थाई एयर एशियालाई प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको छ । सोही अनुसार कार्तिक १८ गतेदेखि भैरहवामा उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.