भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बाढी,पहिरो पीडितलाई आर्थिक सहयोग

बाढी,पहिरो पीडितलाई आर्थिक सहयोग

काभ्रे । बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई काभ्रे सोसाइटी यु केले आर्थिक सहयोग गरेको छ । ज्यान गुमाएका काभ्रेका १३ वटा पालिकाका ७९ जनाका परिवारलाई यु।के।मा बसोबास गर्ने नेपालीहरूको संस्थाबाट सङ्कलित १० लाख भन्दा बढी रकम जिल्लामा पीडित भएकाहरूका लागि उपलब्ध गराइएको हो ।

काभ्रेमा बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले युकेमा बसोबास गर्ने नेपालीहरूबाट केही रकम सङ्कलन गरिएको समाजसेवी एवं काभ्रे सोसाइटी युकेका कोषाध्यक्ष जीवन थापाले बताए ।

मृतकका प्रति व्यक्ति १२ हजार ७ सयका दरले ७९ जनालाई प्रदान गर्ने काम भइरहेको छ । जिल्लाका स्थानीय तहहरूको समन्वयमा विपद्मा ज्यान गुमाएकाका परिवारलाई रकम प्रदान गर्ने काम भइरहेको उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.