काभ्रे । बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई काभ्रे सोसाइटी यु केले आर्थिक सहयोग गरेको छ । ज्यान गुमाएका काभ्रेका १३ वटा पालिकाका ७९ जनाका परिवारलाई यु।के।मा बसोबास गर्ने नेपालीहरूको संस्थाबाट सङ्कलित १० लाख भन्दा बढी रकम जिल्लामा पीडित भएकाहरूका लागि उपलब्ध गराइएको हो ।
काभ्रेमा बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले युकेमा बसोबास गर्ने नेपालीहरूबाट केही रकम सङ्कलन गरिएको समाजसेवी एवं काभ्रे सोसाइटी युकेका कोषाध्यक्ष जीवन थापाले बताए ।
मृतकका प्रति व्यक्ति १२ हजार ७ सयका दरले ७९ जनालाई प्रदान गर्ने काम भइरहेको छ । जिल्लाका स्थानीय तहहरूको समन्वयमा विपद्मा ज्यान गुमाएकाका परिवारलाई रकम प्रदान गर्ने काम भइरहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...