भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

थलीको चाँदी कारखानामा भीषण आगलागी, ग्याँस चुहावटबाट ५ लाखको क्षति

थलीको चाँदी कारखानामा भीषण आगलागी, ग्याँस चुहावटबाट ५ लाखको क्षति

काठमाडौँ, १४ साउन । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित मिलनचोकमा रहेको चाँदीको कारखानामा मंगलबार आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कृष्ण रसाइलीको घरमा सञ्चालनमा रहेको कारखानामा ग्यास चुहावटका कारण आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । उनका अनुसार स्थानीयवासी र सशस्त्र प्रहरीको समन्वयमा आगो नियन्त्रणमा लिइएको हो ।

सौभाग्यवश, मानवीय क्षति भने भएको छैन । क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.