भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हनुमन्तेसँग सम्बन्धित वृत्तचित्र प्रदर्शनीमा मन्त्री थापाले भने, ‘भक्तपुरलाई स्वास्थ्यको हव बनाउँछु ।’

हनुमन्तेसँग सम्बन्धित वृत्तचित्र प्रदर्शनीमा मन्त्री थापाले भने, ‘भक्तपुरलाई स्वास्थ्यको हव बनाउँछु ।’

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरलाई स्वास्थ हब बनाउने बताएका छन् । आज वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा हनुमन्ते नदीसँग सम्बन्धित वृत्तचित्र प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका थापा मगरले यस्तो बताएका हुन । जनघनत्व वृद्धिसंगै मानवीय आधारभूत आवश्यकता पूर्ती गर्न प्राकृतिक स्रोत साधनको जथाभावी दोहन भई मानव स्वास्थ्य दिनप्रतिदिन बिग्रिएको जिकिर गरे ।

मानव सभ्यता, संस्कार र संस्कृतिसँग गाँसिएको प्राकृतिक नदीको संरक्षण र सम्बर्द्धन गर्न चुनौती रहेपनि ठूलठूला औद्योगिक देशहरुबाट निस्कने रसायनयुक्त प्रदुषणका कारण हिमालहरु काला पत्थरमा रूपान्तरण भएको बताए । स्वास्थ्यमा प्रदेशका आम नागरिकको पहुँच पु¥याउन आफू लागिरहेको बताउँदै भक्तपुर जिल्लालाई स्वास्थ्यकोहब बनाउने योजना प्रदेशले अघि सारेको धारणा राखे ।

स्थानीय तहले सञ्चालन गरेका सरकारी र निजी गरि भक्तपुरमा १७ वटा अस्पताल सञ्चालनमा रहेको भन्दै मन्त्री थापाले तिनीहरुको स्तरवृद्धि गर्ने गरी पहल भइरहेको जानकारी दिए । उक्त कार्यक्रममा सिद्धि स्मृति प्रतिष्ठानका निर्देशक श्यामसुन्दर धौभडेलले विकासको नाउँमा अतिक्रमण भएको र बर्षात् मा विध्वंस मच्चाएको हनुमन्ते जोगाउँन वातावरण संरक्षण गर्नु पर्ने बताए ।

वातावरण संरक्षण मञ्च भक्तपुरका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कृषि तथा वातावरणविद् रोमलाल गिरी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबञ्जार, ध्रुवराज विष्ट लगायत मञ्चका महासचिव मणिराम लामिछानेलगायतले हनुमन्ते दोहनमा जिम्मेवार निकाय प्रति खबरदारी जनाएका थिए ।

भक्तपुर डुवान हुनुमा मानव लापरवाही प्रमुख कारण रहेको र वातावरण प्रदुषण भएको प्रति सरोकारवालाले खारदारी गरेका थिए । उक्त कार्यक्रममा वृत्तचित्र निर्माणका कथा संयोजन गर्ने पत्रकार कृष्ण प्रजापतिलाई सम्मानित गरिएको थियो भने मन्त्री थापामगरलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.