भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

चार बैकल्पिकसहित ३३ सदस्यीय नयाँं कार्यसमिति चयन गर्दै नेमकिपाको आठौं महाधिवेशन समापन

चार बैकल्पिकसहित ३३ सदस्यीय नयाँं कार्यसमिति चयन गर्दै नेमकिपाको आठौं महाधिवेशन समापन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनबाट नारायणमान विजुक्छें (रोहित) अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । फागुन १६ देखि भक्तपुरमा चलेको महाधिवेशनले अध्यक्षमा पनुः नारायणमान विजुकछेंलाइ निर्वाचित गरेको हो ।

The 8th General Convention

पार्टीको केन्द्रिय सचिवमा प्रेम सुवाल र कोषाध्यक्ष मोहनप्रसाद प्रजापति सर्वसम्मत निर्वाचित हुनुभएको छ । ३३ सदस्यीय केन्द्रिय सदस्यहरुमा सुनिल प्रजापति, नन्दवहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नगवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सराजेराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार बैद्य, सुरेन्द्रराज गोसाई, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैयाँं सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सैंजू, सरोजकुमार शाह, कृष्णबहादुर तामांग, मुक्ति यादव, योगेन्द्रमान विजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्रप्रकाश कार्की, खड्गराज शाही सर्वसम्मत केन्द्रिय सदस्य निर्वाचित भए ।

महाधिवेसनबाट केन्द्रीय समितिमा मञ्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरुगसहित चार जना बैकल्पिक केन्द्रीय सदस्यहरु चुनिएका छन् ।
पार्टीको पहिलो महाधिवेशन २०४७ पौष २८,२९ र ३० गते रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुरमा सम्पन्न भएको थियो ।

पार्टीको आठौं महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरु समेत तोकेको छ । कोशी प्रदेशमा उकेश कवां, मधेशमा सुनिल प्रजापति, बागमतिमा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, लुम्विनीमा हरिसुन्दर बासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिममा नवराज कोइराला संयोजक तोकिका छन् । महाधिवेशनमा ५० जिल्लाहरुबाट करिव तीन सय ५० प्रतिनिधि पर्यवेक्षकहरुका सहभागीता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.