भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सफा हिमाल अभियानः सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो

सफा हिमाल अभियानः सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव निकालेको छ ।

सो क्षेत्रको लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जर सङ्कलन गरी आज हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयले सोही अभियानका दौरान हालसम्म आठ हजार ६२० किलो फोहर सङ्कलन गरी त्यसमध्ये दुई सय ५० किलो कुहिने फोहर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको आज जानकारी गराएको छ ।

यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा पाँच वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको सेनाले जनाएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.