भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

प्याजको मूल्य एक सय ६० बाट घटर ७० रुपैयाँमा झर्यो

प्याजको मूल्य एक सय ६० बाट घटर ७० रुपैयाँमा झर्यो

काठमाण्डौ । भारतीय प्याजको भाउ चीनबाट प्याज आउन थालेपछि सस्तो भएको छ । चीनबाट प्याज आउँन थालेपछि प्याजको मूल्य घटेर ८५ रुपैयाँ पुगेको हो। दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेको थियो ।

काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको छ । चिनियाँ प्याजको थोक भाउ किलोको ६५ देखि ७० रुपैयाँ छ । मङ्सिरको अन्तिम हप्ता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ बढेको थियो ।

त्यसपछि चीनबाट प्याज भित्रिन थालेपछि भाउ सस्तो हुन थालेको जनाइएको छ । भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ रहेको काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.