भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाण्डौ । देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमवारदेखि आउँदो शुक्रवारसम्म आंशिकदेखि साधारणतया बदली हुने महाशाखाले जनाएको हो ।

बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा तथा बाग्मती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिवारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । मौसम बदलीका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बिहीवारदेखि शुक्रवारसम्म बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मंगलवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती र कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ । बिहीवार बाग्मती, मधेस र कोशी प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रवार गण्डकी, बाग्मती र कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.