भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सोमवारभित्र करको विवरण र कर बुझाउन राजस्व विभागले ताकेता

सोमवारभित्र करको विवरण र कर बुझाउन राजस्व विभागले ताकेता

काठमाण्डौ । सोमवारभित्र करको विवरण र कर बुझाउन राजस्व विभागले ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले पुस मसान्त सोमबार करको विवरण बुझाउन ताकेता गरेको हो ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोध गरेको छ ।

विभागले आर्थिक वर्ष २०८१ र ८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो ।

आयकर ऐन अनुसार यस आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र त्यस विवरणअनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.