भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सत्ता गठबन्धनले संसदको हिउँदे अधिवेशमा एउटै आवाज बनाउँने निर्णय

सत्ता गठबन्धनले संसदको हिउँदे अधिवेशमा एउटै आवाज बनाउँने निर्णय

काठमाडौँ । सत्तारुढ दलले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेका छन् । सत्तारुढ दलहरूको सोमबार बालुवाटारमा बसेको बैठकले १८ गतेदेखि सञ्चालन हुने संसद्को हिउँदे अधिवेशनमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।

बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको छ । अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा मुख्य रुपमा छलफल भएको सांसदहरुले बताएका छन् ।

सरकारले अध्यादेश जारी गरेको छ । अध्यादेशले आम रूपमा एउटा सकारात्मक सन्देश सम्प्रेषण गरेको र निजी क्षेत्रलाई उत्साहित बनाएको बैठकको ठहर रहेको छ । १८ गतेको संसद्को बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने र संसद्को काम कारबाहीहरूमा सत्तारुढ दलहरू एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको जनाइएको छ ।

बैठकमा सत्ता साझेदार दलहरुले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेको र बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनबारे ब्रिफिङ गरेका थिए ।

‘प्रधानमन्त्रीले सरकार र गठबन्धन राम्रोसँग चलिरहेको ब्रिफिङ गरे भने पूर्वप्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीले शेरबहादुर देउवाले पनि सरकार राम्रो संग चलिरहेका बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.