भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

जेलमै मृत्यु भएका रुसी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

जेलमै मृत्यु भएका रुसी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

काठमाडौं । रुसको आर्कटिक जेलमा मृत्यु भएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाईसमेत नदिइएको छैन । नाभाल्नीका निकट सहयोगीका अनुसार नाभाल्नीको शव पोष्टमार्टम गरिएपछि मात्रै परिवारलाई शव हस्तान्तरण गरिने भनेपनि हालसम्म नदिएको हो ।

नाभाल्नीको टोलीले भ्रष्टाचार विरोधी अभियानकर्तासमेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको पुटिनकै आदेशमा हत्या भएको नाभाल्नीकी आमाले बताएकी छन् । नाभाल्नीको मृत्युपछि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको आरोपमा रुसमा ३ सय जनालाई पक्राउ गरिएको एक समूहले जनाएको छ ।

पश्चिमा मुलुकका सरकारले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको अचानकको मृत्युका लागि रुसी अधिकारीहरु नै दोषी रहेको बताएका छन् । सम्पन्न मुलुकहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुले रुसलाई नाभाल्नीको मृत्यु प्रकरण र अवस्थाका विषयमा तत्काल स्पष्ट पार्न आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.