भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जेलमै मृत्यु भएका रुसी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

जेलमै मृत्यु भएका रुसी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

काठमाडौं । रुसको आर्कटिक जेलमा मृत्यु भएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाईसमेत नदिइएको छैन । नाभाल्नीका निकट सहयोगीका अनुसार नाभाल्नीको शव पोष्टमार्टम गरिएपछि मात्रै परिवारलाई शव हस्तान्तरण गरिने भनेपनि हालसम्म नदिएको हो ।

नाभाल्नीको टोलीले भ्रष्टाचार विरोधी अभियानकर्तासमेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको पुटिनकै आदेशमा हत्या भएको नाभाल्नीकी आमाले बताएकी छन् । नाभाल्नीको मृत्युपछि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको आरोपमा रुसमा ३ सय जनालाई पक्राउ गरिएको एक समूहले जनाएको छ ।

पश्चिमा मुलुकका सरकारले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको अचानकको मृत्युका लागि रुसी अधिकारीहरु नै दोषी रहेको बताएका छन् । सम्पन्न मुलुकहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुले रुसलाई नाभाल्नीको मृत्यु प्रकरण र अवस्थाका विषयमा तत्काल स्पष्ट पार्न आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.