भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, खनाल अर्थ, घिसिङ ऊर्जा–भौतिक, अर्याल गृह–कानुनमा

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, खनाल अर्थ, घिसिङ ऊर्जा–भौतिक, अर्याल गृह–कानुनमा

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक योजना–सहरी विकास मन्त्री कुलमान घिसिङ, तथा गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराए।

पूर्वसचिवसमेत रहेका रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, अधिवक्ता तथा जेनजी आन्दोलनका सहजकर्ता ओम प्रकाश अर्यालले गृह मन्त्रालयसँगै कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

 


Thali Mobile Pvt.Ltd.