भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

संसद् भवन तोडफोड : चोरी गरिएका सामान फिर्ता गर्न सचिवालयको सार्वजनिक आग्रह

संसद् भवन तोडफोड : चोरी गरिएका सामान फिर्ता गर्न सचिवालयको सार्वजनिक आग्रह

मुख्य बुँदा

संसद् भवन तोडफोड, आगजनी र लुटपाटमा चोरी भएका सामान फिर्ता गर्न आह्वान

टेबल, कुर्सी, कम्प्युटर, टेलिभिजन, क्यामेरा, माइकसहितका उपकरण हराए

फिर्ता गर्न वा जानकारी दिन सचिवालयको आग्रह

भिडियो फुटेज उपलब्ध गराउनेको पहिचान गोप्य राखिने आश्वासन

काठमाडौँ, ३० भाद्र । संघीय संसद् सचिवालयले भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा चोरी भएका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ।

सचिवालयका अनुसार, तोडफोडपछि गरिएको अनुगमन र विभिन्न स्रोतबाट प्राप्त सूचनामा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, स्पिकर, फोटोकपी मेसिनलगायतका विद्युतीय उपकरण अनधिकृत रूपमा लगिएको देखिएको छ।

सचिवालयले ती सामान कसैले आफूसँग राखेको भए तुरुन्त फिर्ता गर्न अनुरोध गरेको छ। साथै, ती सामानहरू कहाँ छन् वा कसले लगेको हो भन्नेबारे जानकारी भए सचिवालयलाई सूचित गर्न पनि आग्रह गरिएको छ।

यस घटनासम्बन्धी कुनै भिडियो फुटेज भए उपलब्ध गराउन आह्वान गरिएको छ। सचिवालयले सूचना वा भिडियो उपलब्ध गराउने व्यक्तिको पहिचान गोप्य राखिने स्पष्ट गरेको छ।

 


Thali Mobile Pvt.Ltd.